साझा नेटवर्क
अनिल खत्री, गुल्मी वैशाख १९।
गुल्मीमा निषेधाज्ञा उल्लङ्घन गरि सवारी साधान चलाउने माथी ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।
कोरोना संक्रमणको दोस्रो लहर तिब्र गतिमा फैलिरहेकाले त्यसको सर्तकता स्वरुपमा जारी गरिएको निषेधाज्ञाको पहिलो दिनमा ३५ वटा मोटरसाइकल र ४ वटा जीपलाई नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक प्रहरी कार्यालय गुल्मीका प्रमुख प्रहरी नायव निरिक्षक कृष्णप्रसाद आचार्यले बताए।
निषेधाज्ञामा तम्घास बजारका बिभिन्न स्थानमा गरिएको चेक जाँचमा सवारी साधानहरु नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएका सवारी साधानलाई चिदिचौरमा राखिएको छ । निषेधाज्ञा उल्लङ्घन गरि सवारी साधान चलाएकाले आबश्यक पक्रिया पुराएर छोडीने आचार्यले बताए । गुल्मीमा गएरातीदेखि जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समिति (डिसीसीएमसी) गुल्मीले वैशाख २५ बजेसम्मको लागि निषेधाज्ञा गरिएको छ ।
यो अबधीमा अत्यावश्यक उपभोग्य खाद्य बस्तु बेच्ने पसल, दूध , तरकारी, फलफूल, माछा, मासु, पानी, ग्यास, पेट्रोलियम पदार्थ, तथा पनर्माण सामाग्रीका पसलहरु विहान ७ देखि ९ बजेसम्म, बैंक तथा होटल दिउँसो १० देखि १२ बजेसम्म खुलाउन पाइने भएको भएको छ।
निषेधाज्ञामा खाद्ययन्न, तरकारी, फलफुल, दुध, पानी, औषधी,बोक्ने मालवाहक गाडी र एम्बुलेन्स बाहेक मोटरसाइकल सहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्ण रुपमा रोक लगाइएको छ ।
निषेधाज्ञाको अबधीमा अत्याबश्यक काम बाहेक नागरिकहरु घरबाहिर ननिस्कन आग्रह गरिएको छ ।
निषेधाज्ञा उलंघन गर्ने वा आदेशको पालना गर्ने गराउने कार्यमा अबरोध गर्ने जुनसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend