साझा नेटवर्क
अनिल खत्री,गुल्मी बैशाख १९ ।
गुल्मीको पहिलो रेडियो सामुदायिक रेडियो स्काईद्वारा सन्चालित स्काई लोक आइडल सिजन २ सम्पन्न भएको छ । माघ २४ गतेबाट सुरु भएको कार्यक्रम बैशाख १८ गते सम्पन्न भएको हो ।
हरेक एपिसोडहरु पार गर्दै टप 10 मा परि १० जना प्रतिस्पर्धीहरू प्रतिस्पर्धामा उत्रिएका थिए जस अनुसार प्रथम हुन सफल बाग्लुङ्गकि नबिना केसि,दोस्रो हुन सफल बाग्लुङ्गका खिम बहादुर कार्की र तेस्रो हुन सफल प्यूठानकी मनिकला पुन रहेका छन् । प्रथम हुनेले भिडियो अडियो रेकर्ड,दोस्रो हुनेले अडियो रेकर्ड,तेस्रो हुनेले पनि अडियो रेकर्ड गर्न पाउने सहित प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको हो ।
उक्त कार्यक्रम रेडियो स्काईका अध्यक्ष शालिकराम पन्थिको अध्यक्षता,रेसुङ्गा नगरपालिका गुल्मीका मेयर डिल्ली राज भुसालको प्रमुख अतिथी,राष्ट्रिय लोक तथा दोहोरी गित पतिस्ठान जिल्ला कार्य समितीका पुर्ब अध्यक्ष खुम खत्री,राष्ट्रिय लोक तथा दोहोरी गित पतिस्ठान जिल्ला कार्य समितीका अध्यक्ष वसन्त खत्री ,लोक तथा दोहोरी गाएक गणेश अधिकारी ,आधुनिक पप गाएक विशाल श्रेष्ठको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रम सञ्चालन रेडियो स्काईका कर्मचारी सरोज खत्री र प्रतिक्षा सुनारले गर्नु भएको हो । गाउँ सहर बस्तिका अन्तर्निहित खोजी प्रतिभाको पहिचान,हाम्रोलाई भन्दा राम्रोलाई प्रोत्साहन भन्ने मुल नारा अनुसार कार्यक्रम समापन भएको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि भुसालले आफ्नो लोक सस्कृतिलाई बचाउनु पर्छ त्यसको लागि पालिका बाट हुने तथा ब्यक्तिगत साथ सहयोग रहने बताउनु भएको हो । विशेष अतिथी खुम खत्रीले उत्कृष्ट हुने तीन जनालाई रास्टृय लोक तथा दोहोरी गित प्रतिस्ठान जिल्ला कार्यसमिती गुल्मीको सदस्यता समेत दिलाउने प्रतिबद्धता सहित आयोजक प्रती कला गलाको सम्मान सङ्गै आफ्ना महत्वपूर्ण भनाई तथा धन्यवाद प्रकट समेत गर्नु भएको थियो । कार्यक्रम थप मनोरन्जन दिदै निर्णयको भुमिका पछिल्लो समयका चर्चित गाएक गणेश अधिकारी र विशाल श्रेष्ठले गर्नु भएको थियो ।
आफ्नो क्षमता,बुद्दी बिबेकले भए सम्म नतिजा प्रकाशन गरिएको बताउनु भएको हो । कार्यक्रममा थप मनोरञ्जनको लागि लोक गाएक अमित नेपाली ,गायिका बिनु खत्रीको उपस्थिति रहेको कार्यक्रममा स्वागत मन्तव्य डिबि खड्काको रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend