logo
  • आइतबार, असोज ११ २०८३

कोभिडको महामारी छल्दै नेपाल नियमित रक्तदाता संघद्वारा शनिवार ८५ प्वाईन्ट रक्तदान


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

यमलाल भुसाल, बुटवल बैशाख १८ ।
कोभिडको महामारीले हरेक क्षेत्र थला परेको अवस्थामा कोही पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस भनेर नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले शनिवार वृहत रक्तदान कार्यक्रम गरेको छ ।

निषेधाज्ञाको समयमा आयोजना गरिएको कार्यक्रममा ८५ प्वाईन्ट रगत संकलन गरिएको कार्यक्रम संयोजक राजु रसाईलीले बताउनु भयो । कोरोनाको कहरमा पनि आफ्नो ज्यानको बाजी राखेर कोरोना छल्दै रक्तदान कार्यक्रम सफल पार्न सहयोग गर्ने सवैमा संस्थाका उपाध्यक्ष लेखनाथ भण्डारीले धन्यवाद दिनु भएको थियो ।

नेपाल नियमित रक्तदाता संघ रुपन्देहीले सामाजिक कार्य गरेको र यस क्षेत्रमा रगतको समस्या हुन नदिनका लागि गरिरहेको पहलको थप सफलताका लागि कार्यक्रममा प्रमुख अतिथी नेपाल सुनचाँदी व्यवसायी महासंका केन्दिय सदस्य तथा समाज सेवी मान बहादुर बिश्वर्कमाले सस्थाको उन्नति र प्रगतिको लागी ५० हजार रुपैया सहयोग गर्नु भएको छ ।

संस्थाले हरेक महिनाको तेस्रो शनिवार नियमित र आवश्यकता परेको समयमा आकर्षमिक रुपमा पनि रक्तदान गर्ने गरेको अध्यक्ष दया सिलवालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend