साझा नेटवर्क
अर्घाखाँची, वैशाख १७ ।
अर्घाखाँचीमा शुक्रबार दुई जनाको मृत्यु भएको छ । भुमिकास्थान नगरपालिका वडा नम्बर–८ का ५० वर्षीय पुरुष कोरोनाका कारण र मालारानी गाउँपालिका वडा नम्बर–२ का ४८ वर्षीय पुरुषको शंकास्पद मृत्यु भएको हो ।
भुमिकास्थान–८ का ५० वर्षीय पुरुषको श्वासप्रश्वासमा समस्या देखिएपछि १३ गते अर्घाखाँची अस्पतालमा भर्ना गरिएको थियो। समस्या बढेपछि बिहीबार उनलाई काठमाडौ लगिएको थियो । उपचारकै क्रममा उनको शुक्रवार मृत्यु भएको हो ।
मालारानी–२ का ४८ वर्षका पुरुष भने बिहीबार राती मात्र भारतको गुडगाउँबाट फर्केका थिए । उनलाई ज्वरो आउने, रुघाखोकी, शरिर दुख्ने जस्ता लक्षण देखिएका थिए । लक्षण कोरोनाकै जस्तो भए पनि पिसिआर परीक्षण नगरेकाले कोरोना नै हो भन्ने पुष्टी नभएको वडा अध्यक्ष बिष्णु भुसालले बताए।
सन्धिखर्क नगरपालिकामा ५५, भुमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १३, छत्रदेव गाउँपालिकामा १२, मालारानी गाउँपालिकामा १० र पाणिनी गाउँपालिकामा ४ जना सक्रिय संक्रमित रहेका जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जनाएको छ।
अर्घाखाँचीमा शुक्रबारसम्म कोरोना सक्रिय संक्रमितको संख्या १ सय ९ पुगेको छ भने कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend