logo
  • शनिबार, साउन ९ २०८३

पोखरामा दर खुवाउने र तिज गित प्रतियोगिता कार्यक्रमहरु तिव्र


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

कविता घर्तीमगर, पोखरा भदौ १२।
हिन्दु नारीहरुको महान पर्व हरितालिका तिज नजिकिदै गर्दा पोखरा स्थित विभिन्न संघसंस्थाहरुको आयोजनामा दर खाने र खुवाउने क्रम चलिरहेको छ जसअन्तर्गत फोटोग्राफर संघ पोखराद्धारा अनाथ महिलाहरुलाई दर खुवाईएको छ । कोपिला नेपालमा रहेका अनाथ तथा असाय १६ जना महिलाहरुलाई सुक्रबार एक समारोहका विच दर खुवाउदै उनीहरुलाई कपडा समेत वितरण गरीएको संघका अध्यक्ष तुल्सीराम सुवेदीले बताए ।

संघको सामाजिक उत्तरदायित्व अन्र्तगत विगतमा अनाथ, असाय, द्धोन्द पिडितहरुलाइ दर खुवाउदै आएको संघले यस बर्ष अनाथ महिलाहरुलाई दर खुवाएको हो । संघका अध्यक्ष सुवेदीको अध्यक्षतामा सम्पन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा निवर्तमान अध्यक्ष गुरुप्रसाद तिवारी, संरक्षक गणेश छवि, सल्लाहकार संयोजक जयन्द्रराज राजभण्डारी, कोपिला नेपालका विना सिल्वाल, सचिव परशुराम शर्मा महिला विभागकी सान्तोना पौडेल लगायतले वोलेका थिए ।

यसै बिच, फोटो ग्राफिहरुको श्रीमतीहरुको एक भेलाले ईन्दीरा शर्मा पौडेलको संयोजकत्वमा पोखरा फोटोग्राफर महिला उपसमिति गठन भएको छ । समितिको सह–संयोजकमा पुर्ण कुमारी थापा, सचिवमा रिता बराल पौडेल, कोषाध्यक्षमा सृजना लामिछाने र सदस्यहरुमा शारदा मिश्र, सविता पौडेल, रिता पराजुली, लता भण्डारी थापा, अम्बीका राजभण्डारी, देवु जलारी, कल्पना अधिकारी, मिरु लम्साल, तारा पोखरेल, संजु भट्टराई, वविता पौडेल, मिनाक्षी ज्ञवाली र दुर्गा तिवारी रहेका छन ।

त्यसै गरि सुइखेत युवा सञ्जालले नेपाली नारीहरुको महान पर्व तीजको आगमनको यो अवसरमा शनिबार एक कार्यक्रमको आयोजना गरी दिदी बहिनी भेटघाट तथा सामुहिक दर खुवाउने कार्यक्रम गरेको छ । सो अवसरमा हेमजामा नै पहिलो पटक आयोजना गरिएको मिस्टर एण्ड मिस हेमजाका विजेता अनिल अधिकारी र प्रश्ना गौतमलाई आगामी दिनमा उज्जवल भविष्यको कामना सहित थप उर्जा प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको थियो ।

सम्मानित मिस एण्ड मिस्टर हेमजाका विजेताहरुलाई कार्यक्रमका प्रमुख अतिथि लोक गायिका सीता बरालले सम्मान पत्र, सुइखेत युवा सञ्जालका अध्यक्ष भरत अधिकारीले अविर र विशेष अतिथि भरतराज अधिकारीले खादा ओढाइ सम्मान गर्नुभएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि लोक गायिका सीता बरालले महिला दिदीबहिनीहरु घरमा मात्र सीमित हुन नहुने बताउदै, विभिन्न सामाजिक क्रियाकलापहरुमा समेत सक्रिय संलग्नता हुनुपर्ने बताउनुभयो ।

उहाँले युवा सञ्जालले दिदीबहिनी तथा दाजुभाईहरुमा सामाजिक सदभाव तथा माया ममता साट्नुपर्ने उल्लेख गर्दे महिला आर्थिक शसक्तिकरणका विभिन्न कार्यक्रमहरु ल्याउन सञ्जाललाई सुझाव दिनुभएको थियो । त्यसै गरि सेतीगंगा टोल विकास संस्था र सौभाग्य महिला समुहको संयुक्त आयोजनामा पोखराको नयाँबजारमा तीज विशेष कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमका सहभागिहरु तीज गितमा नाचगान गर्नुका साथै घैटो फुटाउने, म्युजिकल चियर जस्ता रमाइला कार्यक्रममा रहेमा थिए । उनीहरुले दर खानुका साथै तीजको शुभ–कामना साटासाट गरे । यसअघि कार्यक्रमका प्रमुख अतिथि कास्की पोखरा हस्तकला संघका अध्यक्ष हिरा भट्टराईले कार्यक्रमको उद्घाटन गर्दैै नेपाली नारीहरुको महान पर्व हरितालिका तीजको शुभ–कामना व्यक्त गरेकि थिइन् ।

उनले अब महिला चुलोचौकोमा मात्रै सिमित नभई उद्यमशिलतातर्फ पनि लाग्नु पर्नेमा जोड दिइन् । उद्यम शिलता तर्फ लाग्न चाहने महिलालाई शिपमुलक तालिम दिन आँफु तत्पर हरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend