logo
  • आइतबार, असोज ११ २०८३

काठमाडौं उपत्यकामा एकैदिन संक्रमितको संख्या उच्च


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

काठमाडौं, वैशाख १७ ।
काठमाडौं उपत्यकामा एकै दिन झण्डै तीन हजार जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा देशभर ५७२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३३ जनाको मृत्‍यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

काठमाडौं उपत्यकामा हाल ९०१ जना विभिन्न अस्पतालको आइसोसलनमा उपचाररत छन् । जसमध्ये ११६ जना आईसीयू र ५९ जना भेन्टिलेटरमा उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend