logo
  • आइतबार, असोज ११ २०८३

नेपालमा पछिल्लो २४ घण्टामा ५ हजार ७२७ कोरोना संक्रमित थपिए, ३३ जनाको मृत्यु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

काठमाडौँ, वैशाख १७ ।
पछिल्लो २४ घण्टामा देशभर थप ५ हजार ७ सय २७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५ हजार ६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणमा ७० जना गरी ५७२७ जनामा संक्रमण पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको छ । जसमध्ये ३८ हजार ८१३ जना सक्रिय संक्रमित रहेका छन्। सक्रिय संक्रमितमध्ये ३६ हजार १३५ जना होम आइसोलेसन र दुई हजार ६७५ जना संस्थागत आइसोलेसनमा रहेका छन्।

आज पुष्टि भएका मध्ये काठमाडौंमा २ हजार ४०४, भक्तपुरमा १३३ र ललितपुरमा ४१९ जना संक्रमित छन्। कोरोना भाइरस संक्रमितमध्ये ३३१ जना आईसीयूमा र ११५ भेन्टिलेटरमा छन्।

कोरोना भाइरसबाट २४ घन्टामा थप ३३ जनाको मृत्यु भएको छ। हालसम्म मृतकको संख्या तीन हजार २४६ पुगेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend