साझा नेटवर्क
साझा नेटवर्क, काठमाडौँ ।
गायक किरण भुजेल र गायिका अश्मिता अधिकारिको सुमधुर स्वरमा नयाँ गित “सपना”को म्युजिक भिडियो सार्बजनिक भएको छ। बरिष्ठ गीतकार अम्बिका गुरुङको शब्दमा गित तयार भएको हो ।

दर्जनौ लोकप्रिय गितहरुमा आफ्ना कलात्मक शब्दहरु भरेर करडौ नेपालीहरुको मन मुटुमा बस्न सफल बरिष्ठ गीतकार अम्बिका गुरुङले नेपाली गित संगीतमा गरेको योगदान अतुलनिय रहेको छ।
उनले एक पछि अर्को नयाँ नयाँ म्युजिक भिडियो नेपाली सांगीतिक बजारमा ल्याउने क्रम समेत जारि छ । संगीतकार शंकर थापा स्माइलको संगीत रहेको गीतको म्युजिक भिडियोलाइ बुद्ध थापाले छायांकन गरेका हुन् भने शान थापाले निर्देशन गरेका छन्।
त्यसैगरी राजिब समारको कोरियोग्राफी रहेको छ भने भिडियोलाइ सुप्रिम पराजुलीले सम्पादन गरेका हुन् । सार्बजनिक म्युजिक भिडियोमा मोडल उषा उप्रेती, किरण भुजेल र अश्मिता श्रेष्ठलाइ फिचर्ड गरिएको छ ।
भिडियो हेर्नुहोस ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend