logo
  • आइतबार, असोज ११ २०८३

निषेधाज्ञाको समयमा कालोवजारी गर्ने, बजारमा कृत्रिम अभाव श्रृजना गर्नेहरुको निगरानीमा मञ्च


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

यमलाल भुसाल, बुटवल बैशाख १६ ।
निषेधाज्ञाको समयमा कालोवजारी गर्ने , बजारमा कृत्रिम अभाव ,श्रृजना गर्ने र बढी मुल्य लिन खोजिए सोको निगरानीका लागि उपभोक्ता हित संरक्षण मन्च तयारी अवस्थामा रहेको जनाएको छ ।

उपभोक्ता हित संरक्षण मन्च बुटवल उपमहा नगरपालिकाका अध्यक्ष समुन्द्र जिसीले एक प्रेस विज्ञप्ति जारी गर्दै नेपालमा तीव्रगतिमा फैिलएको कोरोनाको दोस्रो लहरको समयमा कृतिम अभाव तथा कालो बजारीको सङ्केतहरु देखिन लागेको भन्दै सबै सरोकारवाला सजग रहन आव्हान गर्नु भएको छ ।

नेपालमा खाद्य तथा अन्य उपभोग्य वस्तुहरु तीन महिनासम्मको लागि स्टक रहेको र वस्तु आयात नरोकिएको हुँदा वर्तमान अवस्थामा बजारमा अभाव नहुने भन्दै उत्पादक, संचयकर्ता, ढुवानीकर्ता र वितरकहरुसँग अत्यावश्यक वस्तु तथा सेवा उपलब्ध गराउँदै बजारमा सन्तुलन कायम गर्न आग्रह समेत गरिएको छ ।

अध्यक्ष जिसीले नेपालमा दोस्रो लहरको गम्भीर प्रभाव देखिदैछ भन्दै अहिलेसम्म अस्पतालमा रहेको अक्सिजन सिलिण्डर, आइसियू कक्ष, भेन्टिलेटर सुविधा र जनशक्ति बढाउनु माग गर्नु भएको छ् । सरकारले रोग विरुद्ध प्रतिरोध गर्न अत्यावश्यक उपकरण तथा जनशक्तिमाथि ध्यान पुराउनु पनि उहाँले माग गर्नु भएको छ ।

लुम्बिनी प्रदेशका ठूला शहरहरु,सदरमुकाम र राजमार्ग किनाराका बजारहरु कोरोना हटपट बन्दै गएकोमा दुःख व्यक्त गर्दै सहरदेखि गाउँसम्म फैलन नदिन सरकारले आह्वान गरेको लक डाउनका आचारसंहितालाई सबै नागरिकहरुले कडाईका साथ पालन गर्न अपिल गर्नु भएको छ् ।

उहाँले हरेक नागरिकले मास्क लगाउन, सावुन पानीले हात धुन र सेनिटाइजरको उचित प्रयोगमा ध्यान पुराउन समेत भनिएको छ ।

सीमा क्षेत्रमा आवत जावतको समयमा स्वास्थ्य परीक्षणमा ध्यान पुराउनु पर्ने र विदेशबाट स्वदेशमा आउने दिदीबहिनी दाजु भाइलाई सुरक्षित रुपमा क्वारेन्टाइनसम्म पु–याउनु पर्ने भन्दै आवश्यक परेमा आफूहरु सबै काममा नागरिक तथा सरकारलाई सहयोग पुराउन तयार रहेको विज्ञप्तीमा उल्लेख गरिएको छ् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend