logo
  • आइतबार, असोज ११ २०८३

पुर्ण खोप सुनिश्चितता वडा घोषणा कार्यक्रम सम्पन्न

वडाध्यक्षद्वय अनुपस्थित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

प्रिन्स मिश्रा,कपिलवस्तु बैशाख १५ ।

कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं ८ र ९ लाई एक कार्यक्रमका विच पूर्ण खोप वडा घोषणा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले अबका दिनबाट खोपविहिन बालबालबालिका नरहने र सम्पूर्ण बालबालिकाले खोप पाउने र बाटो-घाटो भन्दा धेरै ध्यान स्वास्थ्य तिर दिने प्रतिबद्धता ब्यक्त गर्नु भएको छ lपूर्ण खोप घोषणा कार्यक्रमका आयाेजक वडा ८ र ९ का वडाध्यक्ष राममिलन चाैधरी र नुर माेहम्मद मुसलमान उपस्थिति नभएपनि घाेषणा कार्यक्रम निश्चित मिति मै घाेषणा गर्नुपरेकाले साे कार्यक्रम आयाेजना गरिएकाे थियाे । स्वस्थ्यमा समस्या आएकोले गर्दा वडाध्यक्षद्वय राम मिलन चौधरी र नुर माेहम्मद मुसलमान उपस्थित हुन् नसकेको नगर प्रमुख रजत प्रताप शाहको भनाई छ l घाेषणा कार्यक्रममा महत्वपूर्ण सहयोग गरेका स्वास्थ्य शाखा प्रमुख,स्वयमसेविका, कर्मचारी, जनप्रतिनिधि, समाजसेवी, पत्रकार लगायतलाई नगर प्रमुख शाहले सम्पूर्णमा धन्यवाद व्यक्त गर्दै सि-अहेब – सालिक राम कहाँर र अहेब मनोज गुप्तालाई ८ र ९ नं वडालाई पूर्ण खोप वडा घोषणामा विशेष योगदान र सह्रनीय कार्य गरेको भन्दै प्रशंसा गर्नु भएको थियो lकृष्णनगर नगरपालिका स्वस्थ्य शाखा प्रतिनिधि गीता अधिकारीले पूर्ण खोप वडा घोषणा गर्ने अवसर पाएको भन्दै खुशी ब्यक्त गर्नु भएको थियो र महिला स्वयमसेविकाहरु ले धेरै सहयोग गरेको भन्दै धन्यावाद समेत व्यक्त गर्नु भएको थियो l शिवराज अस्पताल बहादुरगंजका मेडिकल अधिकृत डा: मुकेश कुमार चौधरीले कोरोना तीव्र रुपमा फैलिरहेकोले यसको असर कपिलवस्तुमा खतरा बढिरहेको बताउँदै कोरोना भाइरसले निम्त्याएको विपत्तीलाई सामना गर्न नेपाल सरकारको स्वास्थ्य मापदण्ड पूर्णरुपमा पालना गर्ने कुरामा उहाँले जोड दिनुभयो । इ.एस.सी प्रयोजनाका प्रतिनिधि अनेक पाण्डेले खोप स्वस्थ्यको लागि महत्वपुर्ण रहेको बताए र पाण्डेले घोषणा कार्यक्रममा महिला स्वयमसेविका हरुको महत्वपुर्ण भूमिका रहेकोले गर्दा धन्यावाद समेत व्यक्त गर्नु भएको थियो lमहिला स्वयमसेविका गौरी शाहीले २०५० वर्ष देखि निरन्तर स्वस्थ्य सेवामा लागि परेको हुनाले आज सम्मान पाउँदा खुशी व्यक्त गर्नु भएको थियो l कार्यक्रममा कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजत प्रताप शाह , शिवराज अस्पतालका मेडिकल अधिकृत मुकेश कुमार चौधरी , शिवराज अस्पतालका निमेसु सत्य लक्ष्मी सक्य , पालिका पोषण सहजकर्ता सुआहाराका पृथीपाल तेली , स्वयमसेविका गौरी शाही , समाजसेवी अरविन्द कुमार सिंह , समाजसेवी निर्भय सिंह , समाजसेवी रामलौटन यादव , परमात्मा चौधरी, डिएस डीसीका प्रतिनिधि राज कुमार गौतम, रामदेव गुप्ता, साधना चौधरी, अनु श्रीवास्तव, अजय हरिजन, घनश्याम मौर्य, शाहदेव चौधरी, कन्हिया कश्यप, अहेब भरत कश्यप , कार्यक्रम श्रीराम गोरखा उच्च माध्यमिक विद्यालयको सभा हलमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend