logo
  • आइतबार, असोज ११ २०८३

साउनेपानी महिला उद्यम समुहद्वारा सदस्य खत्रीलाई बाख्रा उपहार


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

सम्झना पोखरेल,गल्मी बैशाख १५ ।

गुल्मीको धुर्कोट गाउँपालिका वडा नं १ नयागाउँमा गठित साउनेपानी महिला उद्यम समुहले समुहकि सदस्य गोमा खत्रीलाई बीउ बाख्रा उपहार प्रदान गरेको छ ।धुर्कोट गाउँपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग सिर्जनशिल सामुदायिक विकास केन्द्र गुल्मीद्वारा संचालित सामुदायिक विकासकालागी बाख्रा उद्यम परियोजना अन्तरगत गठित साउनेपानी महिला उद्यम समुहले समुहकि सदस्य गोमा खत्रीलाई एक कार्यक्रमका बिच बीउ बाख्रा उपहार प्रदान गरेको हो । भोकालाई एकछाक भोजन होइन जिउने जुक्ती सिकाऔ भन्ने मुल मन्त्रलाई आत्मसाथ गर्दै उक्त समुहमा केहिदिन पहिला हेफर आधारशिला सम्पन्न भएपछी समुहका सदस्यहरूले सामुहिक प्रतिवद्धता गरेबमोजिम बास्तविक आबस्यकताको पहिचान गरि धुर्कोट गाउँपालिका वडा नं १ नयाँगाउ साबिक वडा न ३ तोर्त निवासी सोहि समुहकी सदस्य गोमा खत्रीलाई जीवन निर्बाहको लागी सहज होस भन्ने उदेश्यले समुहका २८ जना सदस्यले रु १५० का दरले नगद रु ४ हजार २ सय रकम जम्मा गरी बाख्रा उपहार प्रदान गरेको समुहले जनाएको छ ।

उक्त उपहार प्रदान कार्यक्रममा प्रमुख अतिथि धुर्कोट गाउँपालिका कार्यपालिका सदस्य बिमला सुनारले यस परियोजना अन्तरगत लगानी परिचालन गरेर समुहमा लगानी गरे अनुरुप दिदि बहिनिले आफ्नो खर्च कटाएर उपहार प्रदान गर्ने कार्य गर्दै आउनु भएकोमा यस्तो कार्यले कुनै परिवारलाई जिविको पार्जनमा केहि सहजता थपिने कुरा बताउनुभयो। गाउँसमाजमा पहिला देखि नै कसैलाई सहयोग गर्नुपर्छ भन्ने भावना थिएन तर अहिले यस परियोजना अन्तरगतका समहुका दिदिबहिनीले जुन उत्साहका साथ एक अर्कालाई सहयोग गर्दै जानुभएको निकै राम्रो र रचनात्मक काम भएको बताउनुभयो बिाख्रा उपहार गर्नुभएकोमा समुहलाई धन्यवाद दिनुभयो ।

कार्यक्रममा धुर्कोट गाउपालिका कार्यपालिका सदस्य बिमला सुनारको प्रमुख आथित्यता, परियोजनाका सामुदायिक सहजकर्ता बिष्णु कुवर, ग्रामीण पसु स्वास्थ्य कार्यकर्ता बाबुराम पोखरेल, सहयोगि टोलि गङ्गा ज्ञवाली र मनकला सिन्जाली, समाजसेवी बिष्णु सुनारको उपस्तिथिती रहेको थियो । कार्यक्रममा साउनेपानी महिला उद्यम समुहकी अध्यक्ष गोमादेबि पोखरेलको अध्यक्षता, कोषाध्यक्ष मिना घिमिरेको स्वागत मन्तव्य, समुककी सचिव ललिता पोख्रेलको संचालनमा सम्पन्न भएको परियोजनाका सहजकर्ता बिष्णु कुवरले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend