logo
  • शनिबार, साउन ९ २०८३

टेलि चलचित्र हाक्का हाक्की पुनः प्रसारण सुचारु हुदै


  • साझा नेटवर्क
  • शनिबार, साउन ९ २०८३

सुर्य चन्द, काठमाडौँ भदौ १२।
नेपाल टेलिभिजनबाट हरेक आइतबार बेलुकी ८:४५ मा प्रसारण भई रहेको चर्चित हास्य ब्यङ्ग टेलि चलचित्र हाक्का हाक्की पुन आज बाट ८:४५ बाट नै प्रशारण सुचारु हुने भएको छ । प्रायोजित कम्पनि मिडिया हबको र अन्य बिबिध प्राबिधिक कारणबस केहि समय प्रसारण रोकिन गएको उक्त हास्य ब्यङ्ग टेलि चलचित्र हाक्का हाक्की पुन प्रसारण हुने भएको हो ।
hakkaa haki
चर्चित हास्य ब्यङ्ग टेलि चलचित्र हाक्का हाक्की मिडिया हबको प्रस्तुति नभई डी एल फिल्मको प्रस्तुतिमा आउने कुरा निर्माता राम थापाले बताए । प्राबिधिक कारणले गर्दा प्रसारण रोकिएकोमा क्षमा याचाना गर्दै अब आउने दिनहरु मा अझ बढी ससक्त रुपले दर्शकहरु को माग लाइ ध्यान दिदै पूर्ण रुपमा नेपाली दर्शकहरु लाइ मनोरंजन दिने कुरा चर्चित हास्य ब्यङ्ग टेलि चलचित्र हाक्का हाक्कीकि चर्चित कलाकार कबिता शर्मा बताउछिन ।

दमन रुपाखेती द्वारा निर्देशित तथा राम थापा द्वारा निर्मित हास्य टेली चलचित्र हाक्की हाक्कीले सम समाहिक बिषय बस्तुलाइ समेट्दै दर्शक श्रोताको मन जित्न सफल भएको छ । छोटो समयमा नै दर्शकहरुको मन मुटुमा बस्न सफल चर्चित हास्य टेली चलचित्र हाक्की हाक्कीले अहिले सम्म आइपुग्दा समय सापेक्ष परिबर्तन गर्दै दर्शकहरु लाइ नया नया स्वाद दिन पनि सफल भएको छ ।

हाक्का हाक्कीमा नेपालका चर्चित कलाकारहरु को समाबेसी रहेका छ जसमा दमन रुपाखेती, कबिता शर्मा, सुजित थापा (डेभिड), राम थापा, उमेश कुमार केसी, शिब शर्मा, मणिराज काफ्ले, सरस्वति खड्का थापा, जनक बर्तौला,प्रकाश न्यौपाने, सिम्रन पौडेल, गोबिन्द खतिवडा लगायत अन्य चर्चित कलाकारहरुको भूमिका रहेको छ।

हाक्का हाक्कीको मुख्य ब्यबस्थापन र मुख्य सहायक निर्देशनमा उमेश कुमार केसी रहेका छन ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend