साझा नेटवर्क
जोगिन्द्र मल्ल, प्युठान वैशाख १२ ।
गौमुखी गाउँपालिकाको आयोजना तथा प्रदेश प्रतिष्ठान लुम्बिनी प्रदेश नेपालगन्जको सहयोगमा स्थानीय तह संस्थागत क्षमता मुल्यांकन तथा अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ ।

गौमुखी गाउँपालिकाको सभाहलमा भएको कार्यशालाबाट गौमुखी गाउँपालिकाका जनप्रतिनिधि, विषयगत शाखाका कर्मचारीहरुले गरेको स्व मुल्यांकनमा सरदर ५४.५ प्रतिशत रहेको थियो।

सो कार्यक्रममा बोल्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले संस्थागत मुल्यांकन बाट स्व मुल्यांकन ऐनाको रुपमा हेर्न सकिने र समयमा सम्पन्न गर्न नसकिने कार्यक्रमलाई कार्ययोजना बनाइ आगामी दिन देखि सुधार गर्दै जाने र नीति तथा कार्यक्रममा समेत समाबेश गर्ने प्रतिबद्धता गर्नु भयो।
भने कार्यशालाको सहजीकरण शिशिर रिजाल र धुर्ब जि सिले गर्नु भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend