साझा नेटवर्क
यमलाल भुसाल, बुटवल बैशाख १२ ।
ट्रक ब्यवसायीहरुले लुम्बिनी प्रदेशका नवनियुक्त भौंतिक पुर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयलाई भारतीय ओभरलोड गाडीले गर्दा नेपालका ५० प्रतिशत ब्यवसायी समस्यामा परेको गुनासो पोखेका छन ।

पश्चिमाञ्चल यातायात ब्यवसायी समितिले आईतवार लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्री पाण्डेय र राज्यमन्त्री सुमन शर्मा रायमाझीलाई आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै ब्यवसायीहरुले भारतीय ओभरलोड गाडीले गर्दा ढुवानी ब्यवसायी समस्यामा परेको र नेपालको सडक, पुलमा समेत क्षति पुराएको बताएका छन ।
तर यसलाई रोक्न भने सरकारले कुनै चासो नदिएको बताए । भारतीय गाडीसँग प्रतिस्प्रर्धा गर्न आफुहरुले नसक्ने र ओभरलोड गाडीलाई सिमा नाकामा नै ब्यवस्थापन गर्न उनिहरुले सुझाब समेत दिए । कार्यक्रममा बोल्दै भौतिक पुर्वाधार विकास मन्त्री पाण्डेयले भारतबाट खाद्यान्न तथा लत्ताकपडा बोकेर आउँने ओभरलोड गाडीलाई भन्सारबाटै अनलोड गरि यहीका ट्रकबाट ठाउँ ठाउँमा पुराउन पहल गर्ने बताउँनुभयो ।
ओभरलोड गाडीको समस्या पहिलेदेखि नै नेपालमा कायम रहेको उँहाले बताउँदै आफु मन्त्री हुने वित्तिकै तत्काल हटाउन नसक्ने बताउँदै यसको लागि पहल गर्ने बताउँनुभयो ।
नेपाल ट्रक ब्यवसायी महासंघका निर्वतमान अध्यक्ष अर्जुन रानाभाटले भारतीय मालबाहक सवारी नेपालमा निर्भात रुपमा चल्न पाउँने ब्यवस्थाले नेपाली ब्यवासयीको लागि घातक सावित भएको बताउँनुभयो । नेपालमा ७० हजार ट्रक रहेको भारतीय गाडी नेपालमा चल्दा ५० प्रतिशत ब्यवसायी काम बिहिन बनेको उँहाले जानकारी दिनुभयो । ओभरलोड गाडीले गर्दा सडक , पुलहरु ध्वस्त बन्दा समेत राज्यले यसलाई रोक्न कुनै कदम नचालेकोमा दुखेसो पोख्नुभयो ।
पश्चिमाञ्च यातायात ब्यवसायी समितिका पुर्व अध्यक्ष गुप्त बहादुर केसीले स्वदेशका ट्रकले ओभरलोड बोक्दा कारबाहीको भागिदार हुनु परेको तर भारतीय ट्रकले ओभरलोड बोक्दा समेत सरकारले कुनै कारबाही गर्न नसकेकोमा गुनाशो पोख्नुभयो ।
मुलुकको दुर्गम क्षेत्रसम्म खाद्यान्न तथा मालसामान पुराउँदै ब्यवसायीले आफ्नो कर्तब्य पुरा गरेपनि सरकारले भने भारतीय ओभरलोड रोक्न नसकेकोमा आक्रोश पोख्नुभयो ।
यस्तै पश्चिमाञ्चल यातायात ब्यवसायी समितिका अध्यक्ष यम प्रसाद पाण्डेयले यातायात क्षेत्रको अधिकार अहिले प्रदेश सरकारलाई आएको हुँदा प्रदेश सरकारले आफ्नो गुनाशो सम्बोधन हुने विश्वास ब्यक्त गर्नुभयो ।
यस्तै समितिका वरिष्ठ उपाध्यक्ष प्रताप बहादुर कार्की, महासचिव जीत बहादुर भाटले भारतीय भारबहन गाडीसँग नेपाली गाडीले प्रतिस्प्रर्धा गर्न नसक्न बताउँदै भारतीय गाडीलाई पनि भारबहन मिलाएर मात्र नेपालमा गुड्न दिनुपर्ने शुझाब दिनुभयो । कार्यक्रममा नवनियुक्त मन्त्री पाण्डेय र रायमाझीलाई दोसल्ला तथा मायाको चिनो दिएर सम्मान गरिइएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend