साझा नेटवर्क
अनिल खत्री, गुल्मी वैशाख १२।
गुल्मीमा एन्टिजिन परीक्षण रिपोर्ट पोजेटिभ भएका एक पुरुषको मृत्यु भएको छ।
जिल्लाको छत्रकोट गाउँपालिका वडानम्बर–३ बासखर्क बस्ने ४५ वर्षीय पुरुषको गएराति मृत्यु भएको छत्रकोट गाउँपालिकाका स्वास्थ्य संयोजक पुन्यप्रसाद गौतमले बताए ।
वैशाख २ गते भारतबाट फर्किंदा नै ज्वरो आएकाले उनी होम आइसालेशनमा थिए । उनको वैशाख ३ गते एन्टिजिन परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । उनको स्वाब सकलन गरी पीसीआर परीक्षण गर्न लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा पठाउने तयारी एको स्वास्थ्य संयोजक गौतमले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend