logo
  • आइतबार, असोज ११ २०८३

नेकपा (एमाले) प्यूठान-काठमाडौ सम्पर्क मञ्चको अध्यक्षमा लुना रिजाल


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,काठमाडौं बैशाख ११ ।

नेपाल कम्युनिष्ट पार्टी(एमाले) प्यूठान काठमाण्डौ सम्पर्क मञ्चको भेलाले लुना रिजालको अध्यक्षतामा ४९ सदस्यीय कमिटि गठन गरेको छ । शनिवार बागबजार काठमाण्डौमा भएको भेलाले रिजालको अध्यक्षतामा कमिटि गठन गरेको हो ।भेलाले उपाध्यक्षमा बसन्त थापाक्षेत्री र कविराम गमाल, सचिवमा विशाल सारु, सहसचिवमा ओम बहादुर बुढा, प्रकाश विश्वकर्मा र अर्जुन बुढामगर, कोषाध्यक्षमा अरुणा गुरुड. रहेका छन् । बसन्त थापा क्षेत्रीको अध्यक्षतामा भएको भेलामा नेकपा (एमाले)का स्थायी कमिटि सदस्य वेदुराम भुसाल, नेकपा एमाले प्यूठान जिल्ला कमिटीका अध्यक्ष भोजबिक्रम बुढामगर, संविधान सभा सदस्य हिराबहादुर के.सी., बाम बुद्धिजीवी टीकाराम रिजाल र उधोग ब्यवसायी विशेष जिल्ला कमिटीका नेता दुर्गाबहादुर बुढामगर (सागर) लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन एमाले प्यूठान जिल्ला सचिवालय सदस्य झबिलाल राहु मगर गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend