साझा नेटवर्क
जोगिन्द्र मल्ल, प्युठान बैशाख १०।
स्थानीय स्रोत साधनको सदुपयोग गरौं सीप सिकौं स्वरोजगार बनौं भन्ने मुल नाराका साथ गौमुखी गाउँपालिकाको आयोजना तथा नेपाल सरकार उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको आर्थिक सहयोगमा गौमुखी गाउँपालिकाको रजवारा र पुजा वडामा ७५ दिने ढाका बुनाइ, हाते होजियारी, सिलाइ कटाई, सम्बन्धि तालिम संचालन भइ रहेको छ ।

सो तालिमको उद्घघाटन गर्दै गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीले सहभागीहरुले सीप सिकेर ब्याबहारमा लागू गरे मात्र ब्यक्तीगत क्षमता बिकास भइ जीवन यापन गर्न सहज हुने र उत्साह चासो दिएर सीप सिक्न अनुरोध गर्नु भयो।

प्रविधि,तालिम ,स्तरउन्नतीको लागि करिब २९ लाख बजेट रहेको तथा पुजा र रजवाराका ४/४ समूहमा विभिन्न तालिम ,सामाग्री मेसिन खरिद हुने सहजकर्ता गोमा पुन र सन्जिता पाण्डेले बताउनु भयो।

© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend