साझा नेटवर्क
अनिल खत्री, गुल्मी वैशाख १० ।
गुल्मीमा अज्ञात समूहले ट्याक्टरमा आगजनी गरेका छन् । जिल्लाको रेसुङ्गा नगरपालिका वडानम्बर-६ को चेक्मी स्थित पार्किङ्ग गरि राखेको लु४ च ८८४४ नम्बरको ट्याक्टरमा अज्ञात समूहबाट आगजनि भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरिक्षक (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।

पुष्पाञ्जली निर्माण सेवाले भाडामा लिएर तीन हप्तादेखि बाटोमा काम गरिरहेको थियो । आगजानिबाट ट्याक्टर पुर्ण रूपमा क्षति भएको छ ।आगजनी कसले गरेको भन्ने बारे खुलेको छैन् । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend