साझा नेटवर्क
साझा नेटवर्क , बैशाख १०,काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ५९ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७ सय ९८ जनामा गरिएको पिसिआर परीक्षणमा २ हजार ४ सय ४९ र ८ सय ६६ जनामा गरिएको एन्टिजेन परीक्षणमा १ सय १० जना गरी २ हजार ५ सय ५९ जना नयाँ संक्रमित थपिएका हुन्।
आज ४ सय १० जनाले कोरोनालाई जितेका छन् । हाल देशभर ७५ जना क्वारेन्टाइनमा रहेको र देशभर १४ हजार ७ सय २४ जना संक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।
कोरोना भाइरसको संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । यो संगै संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार १२२ पुगेको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend