logo
  • आइतबार, असोज ११ २०८३

विपद ब्यबस्थापन सम्बन्धि ३ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

जोगिन्द्र मल्ल,प्यूठान बैशाख ७ ।

गौमुखी गाउँपालिका प्युठानको आयोजना तथा इन्द्र ध्वज गण खलंगा प्युठानको सहजीकरणमा विपद ब्यबस्थापन सम्बन्धि ३ दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।गौमुखी गाउँपालिकाका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षता तथा स्वागत मन्तव्य उपाध्यक्ष तुलसी सुनार र प्रमुख प्रशासकिय अधिकृत सुमन पन्थले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो । अभिमुखीकरण कार्यक्रममा आफ्नो भनाइ राख्दै अध्यक्ष गिरीले विपद बाजा बजाएर नआउने र एक्कासि आइ पर्ने घटना भएकोले आगालागी ,चट्याङ्ग ,बादी पहिरो,सडक दुर्घटना र महामारी जस्ता विपद न्यूनीकरण गर्न पुर्ब तयारीका लागि तालिम प्राप्त नेपाली सेनालाई सहजीकरणको लागि अनुरोध गरिएको तथा जुनसुकै घटना सामना गर्न नेपाल प्रहरी ,नेपाली सेना,सुरक्षाकर्मी ,रेडक्रस,जनप्रतिनिधि ,समुदाय ,संघ संस्थाहरुको अहम भुमिका रहने भएकोले विपदको कार्यमा खटन सबैमा आग्रह गर्नु भयो । कार्यक्रममा सबै वडा बाट सहभागिता रहेको थियो । भने तालिमको सहजीकरण नेपाली सेनाका सेनानी दिपेन्द्र पोखरेल लगायतको टिमले गरेको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend