साझा नेटवर्क
पुर्ण बिश्वकर्मा,गुल्मी बैशाख ७ ।
रेसुङ्गा नगरपालिकाको घटना दर्ता अभियान सफल बन्दै गएको छ । पन्जीकरण बिभागको देशब्यापी अभियानका रुपमा रहेको “ब्यक्तिगत घटना दर्ता अभियान २०७८” को रेसुङ्गा नगरपालिकाले सक्रियता देखाएको छ ।
बिभागले उक्त अभियान बैशाख २ देखि बैशाख १६ देशभरका स्थानिय तहमा एकै पटक सम्पन्न गर्दैछ । रेसुङ्गा नगरपालिकाले बैशाख २ गते देखि १४ वटै वडाहरुमा एकैपटक अभियानको सुरुवात गरेको हो । घटना दर्ता अभियानलाई सफल बनाउन पालिकाले अभियानसग सम्बन्धित ब्यानर, ब्रोसर, पम्लेट तथा स्टिकर निर्माण गरि प्रत्येक वडाहरुमा बितरण गरेको छ । अभियानलाई उदेश्यपरक बनाउन पालिकाबाट प्रत्येक दिन वडामा पुगि अभियानको समीक्षा गरिदै आइएको छ ।
अभियानको सुरुवातसगै वडाहरुमा ब्यक्तिगत घटना दर्ता गर्नेहरुको क्रमिक वृद्धि भएको वडा नम्बर १० का वडाध्यक्ष पदम अर्याल बताउनुहुन्छ त्यस्तै अभियानलाइ सफल बनाउन आफू लागि पर्ने उहाँले बताउनु भयो । त्यस्तै अभियानलाइ हरेक घर घरमा जानकारी गराउने उध्येश्यले विधालयहरुमा गइ विधार्थीलाइ अभियानको बारेमा जानकारी गराइ ब्रोसर, पम्प्लेट बितरण गरिएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend