साझा नेटवर्क
चुरामणि तिमिल्सीना गुल्मी, ५ बैशाख । रिडी रुरु गाउँपालिका गुल्मीले ३दिन सम्म सञ्चालन गरेको अपांगता परिचय पत्र नवीकरण तथा वितरण कार्यक्रम रुरु प्राथमिक स्वास्थ्य केन्द्रमा सम्पन्न भएको छ। शुक्रबार देखि सुरु भएको कार्यक्रम आइतबार समापन गरिएको हो ।
समापन सत्रमा पालिकाका अध्यक्ष निलकण्ठ गौतम प्रमुख अतिथि रहनु भएको थियो । समापन सत्रमा आफनो भनाइ राख्दै प्रमुख अतिथि गौतमले यस शिवीरबाट अझै पनि ग्रामीण भेगमा प्रशस्त मात्रामा अपांग भएका व्यक्तिहरु रहेकाले पालिकाले ठाउँमा शिविर सञ्चालन गरेको बताउदै कार्यक्रम अवधि भर सहयोग पुर्याउने सम्पुर्णमा धन्यवाद व्यक्त गर्नु भयो ।
कार्यक्रममा नवीकरण वितरण कार्यक्रमकी संयोजक तथा पालिकाकी उपाध्यक्ष लक्ष्मी देबि पन्थको अध्यक्षता रहेको थियो । उपाध्यक्ष पन्थले हाल सम्म पालिकामा करिब ४०० जना विभिन्न बर्गका अपाङ्गहरु रहेको राज्यले प्रदान गरेको भत्ता सहजताका साथ पाइरहेको बताउनु भयो ।
कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख तथा निमित प्रमुख प्रशासकीय अधिकृत छत्रबहादुर अधिकारी, वडा न १ का वडा अध्यक्ष रामलाल बिक , वडा न २ का वडा अध्यक्ष घनश्याम अर्याल ,वडा न ३ का वडा अध्यक्ष तथा सामाजिक बिकास समितिका संयोजक शेषनारायण पौडेल ,प्रहरी नायब निरीक्षक शालिकराम थापा , कार्यपालिका सदस्य भगबति बराल समितिकि सदस्य रेणुका पन्थि , वडाका सचीवहरु जनप्रतिनिधिहरुको आतिथ्यता रहेको थियो। ३ दिन सम्म सन्चालन भएको शिविरबाट २२९ जनाले सेवा लियका हुन ।
जस्मा १९१ जनाले नवीकरण ,३८जनालाई नया परिचय पत्र हस्तान्तरण गरिएको डा पन्थिले बताउनु भएको छ ।कार्यक्रम अवधिभर प्राथमिक स्वास्थ्य केन्द्रका डा. विकास पन्थिले अपांगको जाच र वर्गीकरण गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend