साझा नेटवर्क
पुर्ण बिश्वकर्मा, गुल्मी वैशाक ५।
रेसुङ्गा नगरपालिका गुल्मीले “ब्यक्तिगत घटना दर्ता अभियान २०७८”को सुरुवात गरेको छ । रेसुङ्गा नगरपालिका भित्रका १४ वटै वडाहरुमा उक्त अभियान एकै साथ सुरु भएको हो ।
राष्ट्रिय परिचयपत्र तथा पन्जीकरण बिभागले देशब्यापी रुपमा बैशाख २ देखि १६ गते सम्म “ब्यक्तिगत घटना दर्ता अभियान ” गर्नेछ । उक्त अभियान अन्तर्गत जन्म दर्ता , बिबाह दर्ता,सम्बन्ध बिच्छेद ,मृत्यु दर्ता तथा बसाइ सराइ दर्ता गर्न छुट भएकाहरुलाइ समेट्ने उध्येश्य रहेको छ ।
ब्यक्तिगत घटना दर्ता गर्न छुट भएका नागरिकलाइ उक्त अभियानको समयसिमा भित्र आफ्नै वडामा गइ घटना दर्ता गर्न सक्नेछन । अभियानमा समाजिक सुरक्षा कार्यक्रम पनि समेटिने छन, जस अन्तर्गत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न योग्य नागरिकले वडा कार्यलायमा पुगि निबेदन दिन सक्नेछन ।
त्यस्तै बिभागले उक्त अभियानलाइ सफल बनाउन बुद्धिजिबि, जनप्रतिनिधि, नागरिक समाज,कर्मचारी सबैलाइ अनुरोध गरेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend