logo
  • आइतबार, असोज ११ २०८३

सत्यवति गांउपालिका अध्यक्ष ढकालद्धारा हाउस वायरिङ ,व्युटि पार्लर,पलम्विङ,कम्प्युटर वेसिक तालिमको औपचारिक कार्यक्रमका साथ उद्घाटन


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क , बैशाख ५ ,रिडी चुरामणि तिमिल्सीना -गुल्मीको सत्यवति गाउँपालिकाले बिभिन्न सिपमा मुख्य मन्त्री ग्रामीण विकास कार्यक्रम अन्तर्गत हाउस वायरिङ ,व्युटि पार्लर,पलम्विङ,कम्प्युटर वेसिक तालिमको औपचारिक कार्यक्रमका साथ पालिकाका अध्यक्ष पारिस्वर ढकालले उद्घाटन गर्नु भएको छ । पालिकाका प्रमुख प्रसासकिय अधिकृत झविस्वर रेग्मीको अध्यक्षता रहेको कार्यक्रममा जनप्रतिनिधिहरु, सामाजिक अभियानताहरु बौद्धिक बर्ग लगायतको सहभागीता रहेको थियो ।कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि ढकालले ग्रामीण भेगबाट दक्ष जन्शक्ति उत्पादन गर्ने वैदेशिक रोजगार भन्दा स्वदेशमा नै रोजगार गर्ने र सबै बर्गका समुदाय लाई तालिम दिइ सिपमा आत्मनिर्भर बनाउन कार्यक्रम आयोजना गरिएको बताउनु भयो । उद्घाटन सत्रको समापन गर्दै अधिकृत रेग्मीले यस तालिममा १०० जनाको सहभागीता रहेको  र तालिम पछी सिकेका कुराहरू लाई व्यवाहारमा उतार्न आग्रह गर्नु भएको थियो।तालिम ४५ दिन सम्म संचालन हुने छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend