साझा नेटवर्क
सम्झना पोखरेल, धुर्कोट गुल्मी बैशाख ०५।
गुल्मीको धुर्कोट गाउँपालिका वडा नं. ३ मा रहेको भगवती युवा क्लवद्वारा शुभकामना आदान-प्रदान, भित्तेपात्रो विमोचन,पुर्ण सरसफाइ घोषणा तथा विविध सांस्कृतिक कार्यक्रम गरिएको छ।
सनिबार सम्पन्न कार्यक्रममा केहिदिन पहिले स्वर्गद्वारी जीप दुर्घटनामा ज्यान गुमाउनु हुने कर्मठ कर्मचारीहरुको सम्मानमा एक मिनेट मौन धारण गरी सुरु गरिएको थियो। उक्त कार्यक्रममा धुर्कोट गाउँपालिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि भुपाल पोख्रेलले क्लवले प्रकाशन गरेको भित्तेपात्रोको विमोचन गर्नुभएको थियो।
उहाँले क्लवले प्रकाशन गरेको भित्तेपात्रोको गाउँपालिकाका सातै वडाका पर्यटकीय स्थलहरू समेटिएको हुँदा यसले सामाजिक सद्भाव कायम गर्ने विश्वास व्यक्त गर्नुभयो । सोहि अवसरमा गाउँपालिका उपाध्यक्ष तथा कार्यक्रमका विशेष अतिथि शिबबहादुर खत्रिले धुर्कोट गाउँपालिका वडा नं. ३ हाडहाडे साविकको वडा नं ८ लाई पुर्ण सरसफाई टोल घोषण गरी पुर्ण सरसफाइको सम्पूर्ण वडा बासीलाई प्रतिबद्ध गराउनु भएको थियो । त्यस्तै कार्यक्रममा पुर्ण सरसफाई क्षेत्र घोषणा गर्न सफल भएकोमा गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलले वडा अध्यक्ष विष्णबहादुर थापा श्रीसलाई सम्मान पत्र हस्तान्तरण गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै अध्यक्ष पोख्रेलले क्लबले गाउँपालिकामै नमूना कार्यहरु गर्दै आइरहेकोमा खुसी ब्यक्त गर्दै हरेक कार्यक्रममा गाउँपालिकाले सहयोग गर्ने र क्लवको लागी आवश्यक भवन निर्माण कार्यको लागी सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । त्यस्तै वडा अध्यक्ष विष्णबहादुर थापा श्रीसले पनि क्लवका कार्यदेखि वडा अत्यन्तै हर्षित रहेको र पुर्ण रूपले सहयोग गर्ने बताउनुभयो। वास संयोजक छविलाल विश्वकर्माले क्लव सँगको सहकार्य अत्यन्तै उत्साहजनक रहेको बताउदै क्लवले सक्रियताको साथ काम गरेकोमा खुसी व्यक्त गर्नुभयो ।
क्लवको तर्फबाट बोल्दै भित्तेपात्रो प्रकाशन समिती संयोजक प्रकाश खत्रीले मान्छेहरू चन्द्रमा जाँदै गर्दा हाडहाडे बासी फोन सम्पर्कको लागी डाँडा काँडा धाउनुपरेको भन्दै क्लवले नेपाल टेलिकमको टावर राख्न पहल गर्नुको साथै शैक्षिकक्षेत्र सुधारको लागी वडा भित्रका बिद्यालयहरुमा अक्षयकोष संचालन गर्ने कार्य निरन्तर रुपमा गरिरहेको बताउनुभयो । त्यस्तै कार्यक्रममा आउनुभएका सम्पूर्ण अतिथिहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । सोहि अवसरमा नयाँ बर्षको शुभकामना आदानप्रदान गरिएको थियो ।
सम्पूर्ण अतिथिहरुको उपस्थितीमा बहुचर्चित कलाकार अनिल खत्री, स्थानिय कलाकार कमल वस्नेत लगायतको साङ्गीतिक प्रस्तुति रहेको थियो । कार्यक्रममा धुर्कोट गाउँपालिका वडा न(३ हाडहाडेका वडा अध्यक्ष विष्णबहादुर थापा श्रीसको अध्यक्षता, धुर्कोट गाउँपालिका अध्यक्ष भूपाल पोख्रेलको प्रमुख आतिथ्यता, धुर्कोट गाउँपालिका उपाध्यक्ष शिव खत्रीको विशेष आतिथ्यता रहेको थियो । नेपाली काँग्रेस केन्द्रीय प्रशिक्षण विभाग सदस्य छन्द बहादुर पहराई, ९नेकपा० एमाले जिल्ला कमिटि सदस्य चन्द्र सुनार।
त्यस्तै नेपाली काँग्रेस जिल्ला कमिटी सदस्य पदम विष्ट, वास इकाई संयोजक छविलाल विश्वकर्मा, वास सहजकर्ता लालमणि भण्डारी, पत्रकार सम्झना पोख्रेल लगायत वडा प्रतिनिधिहरु, दल प्रतिनिधिहरु, विभिन्न विद्यालय व्यवस्थापन समिति अध्यक्षहरु, बिद्यालयका प्रधानाध्यापक, विभिन्न संघसंस्थाका प्रतिनिधिहरु, समाजसेवी, बुद्धिजीवी, क्लवका सहयोगीहरु तथा क्लवप्रेमि, वडावासी लगायतको आथित्यता रहेको थियो।
चेतना थापाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन क्बलका सचिव सरोज खत्रीले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend