logo
  • आइतबार, असोज ११ २०८३

साझाद्वारा गुल्मीका ६ जना पत्रकार सम्मानित


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

अनिल खत्री गुल्मी बैशाख ५।
साझा नेटवर्क मिडिया प्रालिले गुल्मीका क्रियाशिल पत्रकारलाई सम्मान गरेको छ । नयाँ वर्ष २०७८ को असरमा आयोजित भित्तेपात्रो बिमोचन कार्यक्रममा जिल्लाका ६ जना क्रियाशिल पत्रकारलाई सम्मान गरेको हो।
सम्मानित हुनेहरुमा पत्रकार प्रेम सुनार, अनिल खत्री, हुमाकान्त पोखरेल, टोलपाल अर्याल, कमल पौडेल, देबेन्द्र केसी रहेका छन् । सम्मानित पत्रकारहरुलाई साझा नेटवर्क प्रालिका अध्यक्ष केशव कंडेल रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले सम्मान पत्रले सम्मान गरेका थिए ।साझा नेटवर्कलाई बिभिन्न तबरले सहयोग गरेको भन्दै जिल्लाका क्रियाशिल पत्रकारहरुलाई सम्मान गरिएको संस्थाका सल्लाहाकार हिमशिखर रसायलीलले बताए । सम्मान तथा भित्ते पात्रो बिमोचन गर्दै रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालले पछिल्लो समयमा छापा मिडिया भन्दा पनि अनलाइन मिडियाले निकै फडको मारेको बताए ।
उनले धेरै अनलाइन मिडियाहरु खुलीरहेकाले विश्वसनीय माथी घटदै गएको बताए । अनलाइन मिडियाले समाचार राख्ने क्रममा कतिपयले झुटो र भ्रामक समाचारहरु पनि सम्प्रेषण गर्ने भएकाले त्यस तर्फ सबैले ध्यान दिनुपर्नेमा जोड दिए । कार्यक्रममा रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासनीय अधिकृत भक्तिराम मरासिनी, पत्रकार महासंघ गुल्मीका अध्यक्ष टोपलाल आर्यालले छापा मिडिया भन्दा अनलाइन मिडिया प्रभावकारी बन्दै गएकाले सत्य तथ्य समाचार सम्प्रेषण गर्न जोड दिए ।
साझा नेटवर्क प्रालिले बिगत १२ वर्ष यता गुल्मी जिल्ला र देश भरका समाचारहरु सम्प्रेषण गर्दै आएको छ। कार्यक्रममा नेपाल पत्रकार महासंघ गुल्मीमा नव निर्वाचित कार्य समितिलाई पनि सम्मान गरिएको थियो । कार्यक्रमको सहजीकरण पत्रकार हुमाकान्त पोखरेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend