logo
  • आइतबार, असोज ११ २०८३

पश्चिम नवलपरासीमा तीनलाख बढी मुल्य बराबरको अवैध मालसामान बरामद


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

उर्मिला यादव यात्री, सुनवल बैशाख २ ।
जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले बिहीबार करिब तीन लाख चार हजार आठ सय पचास रुपैया मुल्य बराबरको अवैध मालसामान बरामद गरेको छ ।

प्रहरीका अनुसार ईलाका प्रहरी कार्यालय बर्दघाटबाट खटिएको प्रहरी टोलीले भारतबाट अवैध रुपमा भन्सार छली ल्याई लुकाई राखेको साडी, सर्ट, पाईन्ट लगायतका कपडा साथै चेन, हुक लगायतका बिभिन्न टेलरका सामान बर्दघाट नगरपालिका वडा नम्बर १२ भटौलियाबाट बरामद गरेको हो ।

बरामद भएका सामानको अन्दाजी मुल्य तीन लाख चार हजार आठ सय पचास रुपैया मुल्य बराबर रहेको प्रहरीले जनाएको छ ।

बरामद सामान बिहीबार नै आवश्यक कारबाहीको लागि महेशपुर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनु भएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend