साझा नेटवर्क
साझा नेटवर्क , बैशाख २-गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ।
नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाका गरी २८ जना प्रदेस सभा सदस्यहरूले हस्ताक्षर गरी बिहीबार प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको हो।
अविश्वासको प्रस्तावमा नयाँ मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोख्रेल लाई प्रस्ताव गरिएको छ। हस्ताक्षर गर्नेहरूमा कांग्रेसका १४, माओवादी केन्द्रका ११ र जसपाका २ जना सदस्य छन्।
गण्डकी प्रदेशमा एमालेका २७, कांग्रेसका १५ , माओवादीका १२ ,जनमोर्चाका ३, जसपाका २ -२ जना स्वतन्त्र सांसद छन्। गण्डकीमा नयाँ सरकार गठन गर्न अर्थात् अविश्वास प्रस्ताव पास हुन वा विश्वासको मत लिन ३१ सांसद आवश्यक पर्छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend