साझा नेटवर्क
साझा नेटवर्क, गुल्मी वैशाख १ ।
गुल्मी जिल्लाको कालीगण्डकी गाउँपालिका वडा नं ७, भुर्तुङ्ग पाताल तमेको ढुङ्गे धारामा ट्याक्टर दुर्घटना भएको छ ।

लु १ त ८२८२ नम्बरको ट्याक्टर बिहान करिब ९ बजे दुर्घटना भएको हो । ट्याक्टर बाटोबाट करिब ५ मिटर तल खसेको छ ।
उक्त दुर्घटनामा मानविय क्षती भने भएको छैन । ट्याक्टरमा चालक, सहचालक र स्थानीय एक जना सवार थिए ।
ट्याक्टर ढुङ्गे धारामा धुनको लागि छापचौरबाट लगिएको र फर्किने क्रममा अनियन्त्रित गतिमा हुँदा दुर्घटना भएको ट्याक्टर धनी गोपाल बिकले बताए ।
ट्याक्टर धनी बाग्लुङ जिल्ला बरेङ्ग गाउँपालिका १, धुल्लुबास्कोट निबासी हुन् । ट्याक्टर ढुवानीको काम भएकाले छापचौरमा राखिएको गोपाल बिस्वकर्माले बताए ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend