logo
  • आइतबार, असोज ११ २०८३

होटल व्यवसायी पर्यटन व्यवसायीका रुपमा मान्यता पाउन प्रदेश सरकारले पर्यटन कानुन वनाउनु पर्ने


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

यमलाल भुसाल, बुटवल बैशाख १ ।
होटल व्यवसाय गर्ने व्यवसायी पर्यटन व्यवसायीका रुपमा मान्यता पाउनका लागि प्रदेश सरकारले पर्यटन कानुन वनाउनु जरुरी रहेको छ ।

पर्यटन ऐन २०३५ अनुसार ३ स्टार होटल भन्दा तल्लो लेवलका होटल व्यवसायीे पर्यटन व्यवसायीको मान्यतामा नपर्ने भएकाले ती व्यवसायीलाई पर्यटन व्यवसायीका रुपमा स्थापित गर्न सरकारले कानुन निर्माण गर्न जरुरी भएको सराृकारवाला निकायले माग गरेका छन ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी रुपन्देहीले बुटवलमा आयोजना गरेको एक कार्यक्रममा वोल्दै होटल व्यवसायी महासंघ नेपालका अध्यक्ष हिराध्वज शाहले सरकारको पर्यटन नीति भित्र व्यवसायीलाई छिराउनका लागि पनि कानुन जरुरी रहेको औल्याउनु भयो ।

३ स्टार लेवल भन्दा कमका व्यवसायीको लगानी सुरक्षित गर्न र उनिहरुलाई सरकारवाट पाउने सेवासुविधाका लायि पनि अनिवार्य पर्यटन कार्यालयमा दर्ता हुनु पर्ने र सोको कानुन प्रदेश सरकारले नवनाएकाले ततकाल सो सम्बन्धी कानुन निर्माण प्रदेश सरकार जिम्मेवार हुन जरुरी रहेको अध्यक्ष शाहको माग रहेको छ ।

कोभिडले थलापरेको व्यवसायलाई राज्यले दिने राहातका कार्यक्रम पाउनका लागि पनि पर्यटन कार्यालयमा व्यवसाय दर्ता हुनु पर्नेहुन्छ तर कानुनको अभावमा होटल व्यवसाय स्थानिय तहमा दर्ता हुने र सुबिधावाट बन्चित रहनु परेको पीडा अध्यक्ष शाहले सुनाउनु भयो ।

पर्यटन कार्यालमा दर्ता नभएका व्यवसायीले सरकारले उपलब्ध गराएको विद्युतको डिमाण्ड चाज छुट पनि नपाउने , कोभिडको मारमा परेकालाई उपलब्ध गराउने सुबिधा पनि नपाउने र भाडाको घरमा व्यवसाय संचालन गरेका व्यवसायीले बैक तथा वित्तिय संस्थावाट सो व्यवसाय देखाएर ऋण लिन समेत समस्या भएको उहाँले गुनासो गर्नु भयो ।

कार्यक्रममा महासंघका संस्थापक अध्यक्ष माधव नेपालले कोभिडले थला पारेर व्यवसाय नै धरापमा परेको कारण केही व्यवसायी पेशावाटै पलाएन भएको बताउनु भयो ।

उहाँले लुम्बिनी प्रदेश मुलुककै मध्य भागमा रहेको र केन्द्र प्रदेश र जिल्ला बीच सकारात्मक सोचका साथ अगाडी बढन जरुरी रहेको धारणा राख्नु भयो ।

होटल तथा रेष्टुरेण्ट व्यवसायी रुपन्देहीका अध्यक्ष राम प्रसाद गौतमको अध्यक्षतामा भएको कार्यक्रममा होटल व्यवसायी महासंघका सहकोषा कोषाध्यक्ष मोदनाथ वेलवासे, होटल व्यवसायी महासंघ लुम्बिनी प्रदेशका वरिष्ठ उपाध्यक्ष महेन्द्र श्रेष्ठ, पर्यटन उपाध्यक्ष समुन्द्र जिसी संघका वरिष्ठ उपाध्यक्ष वावुराम गौतम , महासचिव माधव कुमार खनाल सचिव अर्जुन थापा लगायतले कोभिडले व्यवसाय समस्यामा परेको गुनासो गर्नु भएको थियो ।

त्यस अवसरमा नयाँ वर्षको शुभकामना आदान प्रदान गर्नुको साथै संघले प्रकाशन गरेको नयाँ वर्ष २०७८ को भित्ते पात्रो सार्वजनिक गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend