साझा नेटवर्क
केशव गौतम, गुल्मी चैत ३० ।
पछिल्लो समय देशभर आगलागीका घटनाहरु बढिरहेका छन् । देशका अधिकाशं जिल्लाहरुमा आगलागी भएसँगै गुल्मीका विभिन्न ठाउँमा पनि आगलागी भइरहेको छ ।

गुल्मीको धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गा बनमा पनी आगलागी भइरहेको छ । रेसुङ्गा बन क्षेत्रमा चैत २५ गतेदेखि लागेको आगो अझैसम्म नियन्त्रणमा आउन सकेको छैन। रेसुङगा क्षेत्रमा लागेको डढेलाेका कारण जंगलको अधिकांश भाग सखाप भएको छ । पशु चौपायाको पनि बिचल्ली भइरहेको स्थानीय बताउँछन् ।

त्यस ठाउँको गौशालामा रहेका गाईहरुले समेत घाँस खान नपाएको अबस्था रेहेको छ।यसै बिच पशु चौपायाको बिचल्लिको अबस्था हेरेर र भोकमा रहेकका गाईहरुलाई रेसुङ्गा नगरपालिका १४ मा रहेको कालिका युवा क्लब , जागृत सामुदायिक वन , गौशाला संरक्षण उपसमिति रातामाटा र साबिकको वडा नम्बर ६,७,८,९ र स्थानीय को पहलमा घाँस संकलन कार्यक्रम गरि खुवाउन लागिएको कालिका युवा क्लबका अध्यक्ष दुर्गा प्र.गौतमले बताए।

कार्यक्रममा बोल्दै रेसुङ्गा नगरपालिका वडा नम्बर १४ का कालिका क्लबका अध्यक्ष दुर्गा प्रसाद गौतम र जागृत सामुदायिक बनका अध्यक्ष तिलकराम गौतमले पशु चौपायाको अबस्था बिचल्ली भएको भन्दै आपत्ति जनाएका थिए ।
रेसुङगा संरक्षण समितिका अध्यक्ष सुरेश चन्द्र भुसालको धन्यवाद दिएका थिए । कार्यक्रमको संचालन सोही संस्थाका पुर्व सचिव कुन्जन मणि गौतमले गर्नु भएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend