logo
  • शुक्रबार, असोज ९ २०८३

ओली सरकारले सपना बाड्ने बाहेक विकासको नाममा सिन्को सम्म भाँचेन : महामन्त्री कोइराला


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

यमलाल भुसाल, बुटवल चैत २८ ।
नेपाली कांग्रेसका महामन्त्री डा.शशांक कोइरालाले ओली नेतृत्वको सरकारले चुनाव गराए सर्वनाश हुने बताउनु भएको छ । उहाँले काँग्रेसको नेतृत्वमा बन्ने सरकारले मात्रै चुनाव गराउनुपर्ने तर्क पेश गर्नु भयो ।

शनिबार रुपन्देहीको मायादेवीमा आयोजित कांग्रेसको आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ‘ओली नेतृत्वको सरकारले सपना बाड्ने बाहेक विकासको नाममा सिन्को सम्म नभाँचेको बताउनु भयो ।

कांग्रेस नेतृत्वमा सरकार गठनको प्रयास भैरहेको भन्दै उहाँले कांग्रेस नेतृत्वमा तीन दलको सरकार बनाएर चुनावमा जानुपर्नेमा जोड दिर्नु भयो ।

नेपाली कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले केपी शर्मा ओली मधेस र मधेसी जनताको बिरोधी भएको आरोप लगाउनु भयो ।

कार्यक्रममा संघीय सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरत शाह,संघीय सांसद प्रमोद यादव,लुम्बिनी प्रदेश सभामा कांग्रेस संसदीय दलका प्रमुख सचेतक फकरुद्यीन खाँन,प्रदेश सभा सदस्य अष्टभुजा पाठक,वसिउद्यीन खाँन,पुष्पा चौधरी,पूर्व राज्यमन्त्री अब्दुल रज्जाक रुपन्देही पार्टी सचिव रामकृष्ण खाँण लगायतले काँग्रेस अब निर्णायक शक्तिका रुपमा नेपाली जनतामाँझ आउने बताउनु भयो ।

सो अवसरमा अन्य पार्टी छाडेर १ हजार ६ सय जना नेपाली कांग्रेसमा प्रवेश गरेको काँग्रेस पार्टीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend