साझा नेटवर्क
अनिश गैरे, गुल्मी भदौ ११ ।
श्री भुवाचिदी आमा समूह कुर्घा ५ गुल्मीको आयोजना तथा भुवाचिदी बजार व्यवस्थापन समितिको सहयोगमा खुल्ला तिजगित तथानृत्य प्रतियोगिता कुर्घामा सम्पन्न भएको छ ।
१४ समुहरुको सहभागीता रहेको कार्यक्रममा मालारानी ताराखासे युवा क्लब वामी ८ मालारानी प्रथम, त्रिभुबन उमाबि कुर्घा द्धितिय, रिघा मनेवा युवा क्लब रिघा तृतिय तथा नवदित समाजसेबा युवा क्लब बडागाँउ जेँगा सान्त्यना भएका छन ।
त्यसैगरी उत्कृष्ट गीतको पुरस्कार पनि नवदित समाजसेबा युवा क्लबले नै जितेको छ भने उत्कृष्ट नृत्य प्रस्तुत गरेवापत भुवाचिदी आमा समुहकी राधिका शर्मा पुरस्कृत हुनु भएको छ । समुहकी अध्यक्ष तिलका घिमिरेको अध्यक्षता रहेको कार्यक्रममा पुर्व जिबिस सदस्य कमला शर्माको प्रमुख आतिथ्यता रहेको थियो ।
बिशिष्ट त्रिभुबन उमाबि कुर्घाका प्राचार्य राम बहादुर थापा, निबर्तमान गाबिस अध्यक्ष झबिराम शर्मा, उद्योग बाणिज्य संघ गुल्मी सदस्य ज्ञानहरी सापकोटा को बिशिष्ट आतिथ्यता रहेको थियो ।
भगवती प्राबिका शिक्षिका नानुमैया रिजाल शर्माको स्वागत रहेको कार्यक्रमको सञ्चालन त्रिभुबन उमाबि कुर्घाकी शिक्षिका लक्ष्मी रिजालले गनुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend