साझा नेटवर्क
हुमाकान्त पोखरेल, गुल्मी चैत्र २८ ।
नेपाल स्वयंसेवी रक्तदाता समाजको प्रथम जिल्ला अधिवेशन सम्पन्न भएको छ । भेलाले नमराज मरासिनीको अध्यक्षतामा ११ सदस्यीय जिल्ला कार्य समितिको गठन गरेको छ ।
जसको उपाध्यक्षमा केपी भण्डारी, सचिवमा कृष्ण प्रसाद पाण्डे, कोषाध्यक्षमा भेषराज पाण्डे लगायत अन्य सदस्यहरु रहेका छन् । अधिवेशनमा अध्यक्ष मरासिनीले तदर्थ समितिले गरेको कार्यप्रगति प्रस्तुत गरेका थिए ।
त्यस्तै कार्यक्रमको अवसरमा आजिवन सदस्य तथा रक्तदाताहरुलाई पनि सम्मान गरिएको कार्यसमिति सदस्य सन्तोष कुँवर क्षेत्रीले जानकारी दिए । संस्थाले जिल्लामा रगतको आपुर्तीको क्षेत्रमा काम गरिरहेको छ ।
स्थापनाकालदेखि हालसम्म रेडक्रसँगको समन्वयमा ७५ जना बिरामीहरुलाई रक्तदातामार्फत रगत दिएको छ भने तीन सयभन्दा बढी रक्तदाता तयारी अवस्थामा राखेको उपाध्यक्ष भण्डारीले जानकारी दिए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा गुल्मीका अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यसैगरी रेसुङ्गा नगरपालिका –१ का वडाध्यक्ष अखिलेश्वर प्रसाद पाण्डे, गुल्मी उद्योग बाणिज्य संघको तर्फबाट मृगेन्द्रप्रसाद श्रेष्ठ, चेम्बर अफ कमर्सको तर्फबाट कृष्ण प्रसाद भण्डारी, पत्रकार महासंघको तर्फबाट हुमाकान्त पोखरेल लगायत विभिन्न संघ संस्थाका प्रमुख एवम् प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend