साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घन्टामा ३ हजार ५ सय ३२ जनाको लाई परिक्षण गरिएकोमा ३ सय ३७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७९ हजार ७ सय २५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
बितेको २४ घन्टामा १ सय ५१ जना निको भएका छन्।
नेपालमा हालसम्म कोरोना बाट निको हुनेको संख्या दुई लाख ७३ हजार ८ सय ८६ पुगेको छ।
पछिल्लो २४ घन्टामा कोरोना बाट १ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको कुल संख्या ३ हजार ३९ पुगेको छ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend