logo
  • आइतबार, असोज ११ २०८३

 थप २८८ जनामा कोरोना भाइरसको संक्रमण


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

साझा नेटवर्क,२७ चैत, काठमाडौं । पछिल्लो २४ घण्टामा थप २८८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ७१ जनामा गरिएको परीक्षणमा २८८ जनामा संक्रमण पुष्टि भएको हो ।

जसमध्ये काठमाडौं जिल्लामा मात्र ११७, कास्कीमा ३३, मोरङमा १३, रुपन्देहीमा १६, दाङमा १४ र सुर्खेतमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै कोरोना संक्रमितको संख्या २ लाख ७९ हजार ३८८ पुगेको छ ।

तीमध्ये २ लाख ७३ हजार ७३५ जना निको भएका छन् भने ३०३८ जनाको मृत्यु भएको छ । हाल देशभर २६१५ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend