logo
  • आइतबार, असोज ११ २०८३

रुरुक्षेत्रमा विपत् प्रतिकार्य तालिम


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

हुमाकान्त पोखरेल,गुल्मी चैत्र २० ।

विपत्बाट बच्नको लागि गुल्मीको रुरुक्षेत्र गाउँपालिकामा विपत् प्रतिकार्य तालिम संचालन गरिएको छ । लुम्बिनी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना तथा गाउँपालिकाको संयोजनमा बिहिबारदेखि तालिम संचालन गरिएको हो ।

तालिम तीन दिनसम्म चल्नेछ । बाढी, पहिरो, आगलागि, सडक दुर्घटना लगायतका विपत्बाट बच्ने र घटना घट्न नदिने तरिका तालिम अवधिभर सिकाइने छ । त्यसैगरि दुर्घटना वा विपत्बाट भएका घाइतेहरुको उद्धार र प्राथमिक उपचारको सिप पनि प्रदान गरिने प्रदेश आपतकालिन कार्यसंचालन केन्द्रका सुचना व्यवस्थापन अधिकृत खिलानाथ दाहालले जानकारी दिए । तालिममा रुरुक्षेत्र गाउँपालिकाका विपत् प्रतिकार्यमा लाग्ने स्वयम्सेवकमध्ये प्रत्येक वडाबाट तीन÷तीन जना, सुरक्षाकर्मी, जनप्रतिनिधि लगायत गरी कुल २८ जनाको सहभागिता रहेको छ ।

तालिममा नेपाल प्रहरी विपत् व्यवस्थापन महाशाखा काठमाडौका प्रहरी सहायक निरिक्षक शुशिल गौतम, शशसत्र प्रहरी बल, गुल्मीका प्रहरी निरिक्षक विवेक नेपाल र सुचना व्यवस्थापन अधिकृत दाहालले प्रशिक्षकको भुमिका निर्वाह गरेको प्रदेश सुचना केन्द्रका सुचना सहायक भरत चन्दले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend