साझा नेटवर्क
यमलाल भुसाल, बुटवल १९ चैत ।
रुपन्देही जिल्लालाई प्रमुख पर्यटकिय गन्तव्यको रुपमा बिकास गर्न र पर्यटकको बसाई लम्बाउन, नयाँ पर्यटकिय गन्तव्यहरुको पहिचान, विकासमा साझेदारीगर्न होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीले अगुवायी गर्ने गरि अभियान शुरु गरेको छ ।

पाल्पा जिल्लामा अवस्थीत ऐतिहासिक एवं पर्यटिय स्थल नुवाकोट गाँउमा संघले बुधवार देखि आयोजना गरेको २ दिवसिय वार्षिक कार्ययोजना निर्माण कार्याशाला गरेर नयाँ रणनीति योजना वनाएको छ ।
कोभिडको प्रत्यक्ष र सबैभन्दा बढी प्रभाव पर्यटनजन्य व्यवसाय र होटल रेष्टुरेण्टमा नै परेको यस बिषम परिस्थीतमा व्यवसाय बचाउनु र संघको भुमिकालाई अझ प्रचावकारी बनाउनु तथा व्यवसायहरुले पुर्ण क्षमतामा कार्म गर्न पाउने अवस्था श्रृजना गर्नु पनि कार्यशालाको लक्ष्य रहेको छ ।
यस विषम परिस्थितीमा होटल व्यवसायी महासंघ नेपालका संस्थापक अध्यक्ष माधव प्रसाद नेपालले योजनाबद्ध तरिकाले लड्न सकियोस भनी यो रणनैतिक कार्य योजना तयार पारिएको बताउनु भयो । उहाँले योजना वनाएर अगाडी बढदा संस्थाले लक्ष्य प्राप्त गर्न सहज हुने समेत बताउनु भयो ।
संघको सबल र कामजोर पक्षहरुको पहिचान गरी परिवर्तित परिस्थीती अनुसार आफ्नो संस्थालाई सबल सक्षम र गुणस्तरीय सेवा प्रदान गर्न सक्ने संस्थाको रुपमा अगाढी बढाउन कार्य योजना तय गरिएको होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्ष राम प्रसाद गौतमले बताउनु भयो ।
उहाँले संस्थाको परिकल्पना, ध्येय, लक्ष्य र उद्देश्य तय गर्ने रणनैतिक कार्ययोजनाको प्रमुख लक्ष्य रहेको समेत बताउनु भयो । होटल तथा रेष्टुरेण्ट व्यवसायी संघ रुपन्देहीका निर्वमान अध्यक्ष समुन्द्र जिसीले व्यवसायीका समस्या र पेशागत सुरक्षाका लागी पैरवी गर्ने पर्यटन प्रवर्धन बजारीकरण तथा व्यवसाय विकासका लागी विभिन्न कार्यक्रमहरु संचालन गर्न जरुरी रहेको औल्याउनु भयो ।
रणनैतिक कार्ययोजना कार्याशाला सहजकर्ता तथा औद्योगिक व्यवसाय विकास प्रतिष्ठान बुटवलका प्रमुख मुकुन्द ज्ञवालीलेसंघको संस्थागत सुद्धृढीकरणको लागी आगामी दुई बर्षको रणनैतिक कार्य योजना तयार पार्ने र सोही अनुसार कार्यक्रम संचालन गर्न अपरिहार्य रहेको औल्याउनु भयो ।
सोअवसरमा पर्यटन क्षेत्रको दिगो बिकासका लागी सबै क्षेत्र संग समन्वयात्मक भुमिका होटल उद्योग तथा यसका सदस्यहरुको ब्यवसायीक सुरक्षा तथा सदस्यहरु बिचको आपसी समझधारी बृद्धि गर्न संस्थालाई राजनैतिक गन्धवाट अलग राख्न सकेमात्र पर्यटनको विकासमा कोशेढुगाां सावित हुनेमा सहभागिहरुले जोड दिएको संघका महासचिव माधव कुमार खनालले बताउनु भयो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend