logo
  • आइतबार, असोज ११ २०८३

बडिगाड गाउँपालिकामा बमविस्पोटमा परि २ जना घाइते


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

 

कमल पौडेल,
बागलुङ १९ चैत्र,

बागलुङको बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरमा माछा मार्न वम निर्माणको क्रममा विस्पोट हुँदा २ जना सक्त घाइते भएका छन्।

गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ स्थायी घर भई बडिगाड गाउँपालिका वडा नं. २ सिमलचौरका वर्ष ३१ का मित्र बहादुर राना र बडिगाड गाउँपालिका वडा नं. २ हाडिखोलाका वर्ष २८ का अरुण पुन घाइते भएको र उनिहरुको उपचारको लागि पाल्पा पठाइएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरिक्षक कृष्ण बहादुर पल्लि मगरले जानकारी दिनुभएको छ। स्थानिय दुर्गा बहादुर भुजेलको घरमा बम बनाइरहेको समयमा पट्कीदा उनिहरु घाइते भएका हुन्। घाइतेहरुको अवस्था गम्भिर रहेको छ।

सो घटनामा अन्य ३ जना पनि संलग्न रहेको प्रत्यक्षदर्शिले बताएका छन्। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ। घटना लगत्तै प्रहरी उपरिक्षक पल्लि सहित को टोली घटनास्थलमा पुगेको थियो। अहिले घटनास्थलमा इलाका प्रहरी कार्यालय हरिचौरका प्रमुख प्रहरी निरिक्षक अर्जुनध्वज मल्ल नेतृत्वको टोलीले अनुसन्धान गरिरहेको छ। घटनास्थलवाट बम बनाउन प्रयोग गरिएको डेटोनेटर, सुतली तथा सलाइ लगाएतका सामाग्रि प्रहरीले बरामद गरेको छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend