logo
  • आइतबार, असोज ११ २०८३

गौमुखीमा दोश्रो अन्तर माध्यमिक विधालय स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता सुरु


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

जोगिन्द्र मल्ल, प्युठान चैत १७ ।
“स्वास्थ्यका लागि खेलकुद राष्ट्रको लागि खेलकुद ,सबैका लागि खेलकुद, भन्ने मुल नाराका साथ गौमुखी गाउँपालिका दोस्रो अन्तर माध्यमिक बिधालय स्तरीय रास्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गौमुखी मा बि ठुलाबेशीमा संचालन भइरहेको छ।

गौमुखी गाउँपालिका खेलकुद बिकास समितिकोका अध्यक्ष प्रदिप शाहीको अध्यक्षता तथा प्रमुख अतिथि गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी रहनु भएको थियो ।सो कार्यक्रममा बोल्दै अध्यक्ष गिरीले खेलकुद राष्ट्रको गहना र पहिचान भएकोले खेल क्षेत्रलाई कोभिडले पछाडि पारे पनि खेलाडी अनुशासन ,मेहनत र लगनशील हुनु पर्ने र मैत्रीपुर्ण खेल संचालन गर्न आग्रह गर्नु भयो।

गौमुखी गाउँपालिका भित्र रहेका ६ माध्यमिक बिधालयका छात्र छात्राले विभिन्न बिधामा भाग लिएका थिए ।भने प्रतियोगिता भोलि सम्म संचालन हुने छ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend