साझा नेटवर्क
कमल पौडेल, बागलुङ चैत १५ ।
बडिगाड गाउँपालिका वडा नं. ८ स्थित रणसिंह पोखरीडाँडा – भेडिखोर मोटरवाटो उद्घाटन कार्यक्रम सम्पन्न भएको छ । मोटरवाटोको उद्घाटन गर्दै जिल्ला समन्वय समिति बागलुङका उपप्रमुख विष्णु प्रसाद भुसालले भौतिक विकासको आधारसिला सडक भएको भन्दै सडक पहुँच संगै स्थानिय उत्पादन वृद्धि गर्दै आर्थिक उपार्जनमा लाग्नुपर्ने बताउनु भएको छ ।

त्यस्तै बडिगाड गाउँपालिकाका प्रमुख मेहरसिंह पाइजाले बडिगाड गाउँपालिकामा सडक पूर्वाधारको क्षेत्रमा उल्लेख्य काम भएको भन्दै करिव सवै वडामा कच्ची सडक पुगेको बताउनु भएको छ ।

कार्यक्रममा वडा नं. ८ का अध्यक्ष याम बहादुर श्रीस, वडा नं. ६ का अध्यक्ष मौसमकाजि क्षेत्री, स्थानिय जंग बलाल, लिल प्रसाद घर्ति लगाएतले मन्तव्य व्यक्त गर्नुभएको थियो।

पञ्चेबाजा सहित गरिएको मोटरवाटो उद्घाटनमा स्थानियहरुको वाक्लो उपस्थिति रहेको थियो । कार्यक्रम मोटरवाटो उपभोक्ता समितिका लोक बहादुर सुनारको अध्यक्षता, भृकुटी माविका प्रधानाध्यापक टेक बहादुर श्रीसको स्वागत मन्तव्य तथा हमाल घर्तिको सञ्चालनमा सम्पन्न भएको थियो।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend