साझा नेटवर्क
शिव सुवेदी, गुल्मी चैत ११ ।
धुर्कोट गाउँपालिकावाट विदाई भएर जाने कर्मचारीलाई कर्मचारी मिलन केन्द्र धुर्कोट गाउँपालिकाले ‘फेरि भेटौला’ कार्यक्रम आयोजना गरि विदाई गरेको छ ।

केही समयदेखि धुर्कोट गाउँ पालिकाको राजश्व शाकाकि विना खनाल,प्राविधिक ज्ञान प्रसाद उपाध्यय,स्टोश शाखामा कार्यरत गगन आचार्य गरि ३ जना कर्मचारीलाई फेरि भेटौला कार्यक्रम मार्फत विदाई गरेको हो । कर्मचारी मिलन केन्द्र धुर्कोटका अध्यक्ष डिल्लीराज पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गाउँ पालिका प्रमुख भुपाल पोखरेल, विशेष अतिथि उपाध्यक्ष शिव वहादुर खत्री ,प्रमुख प्रशासकीय अधिकृत काशीराम पन्थीले वोल्दै विदाई भएर जाने ३ नै जनाले धुर्कोट गाउपालिकामा गरेको सेवाप्रवाह उत्कृष्ट रहेको बताउनुभयो ।

उहाँहरूले कर्मचारी सधै एउटै कार्यलयमा कार्यरत हुन नसक्ने भएकाले अहिले धुर्कोटवाट विदाई भएपनि कुनै न कुनै दिन फेरि भेट हुने बताउनु भयो । धुर्कोट गाउपालिकावाट सरुवा भै जाने कर्मचारीलाई अध्यक्ष भुपाल पोखरेलले उहाहरुको आगामि दिन थप प्रगति पथमा लम्केर जनताको सेवामा क्रियाशील रहोस भन्दै शुभकामना ब्यक्त गदै धुर्कोटमा उहाहरुले गरेको सेवाप्रवाहको धन्यवाद दिनुभयो ।
विदाई हुने खनाल शिवराज नगरपालिका कपिलवस्तु , ज्ञानप्रसाद तिलोत्तमा नगरपालिका रुपन्देही र आचार्यको सन्धिखर्क नगरपालिका अर्घाखाँचीमा सरुवा भएको हो । सम्पूर्ण वडाअध्यक्ष,कार्यपालिकाका सदस्य,कर्मचारीहरु उपस्थित रहेको फेरि भेटौला कार्यक्रमको सञ्चालन गगां पन्थीले गर्नुभएको थियो भने स्वागत मधु घिमरेले गर्नुभएको थियो ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend