साझा नेटवर्क
साझा नेटवर्क, चैत १० ,चुरामणि तिमिल्सीना -रिब्दीकोट गाँउपालिका पालुङ्ग मैनादीमा योग प्रशिक्षण कार्यक्रमको औपचारिक रुपमा समुद्घाटन गरिएको छ । आयुर्बेद औषधालयको आयोजनामा ३ दिने योग प्रशिक्षण कार्यक्रमको गाउँ पालिकाका अध्यक्ष नारायण बहादुर जीसीले एक भब्य कार्यक्रमका साथ उद्घाटन गर्नुभयो । कार्यक्रममा गाउँपालिकाकि उपाध्यक्ष लक्ष्मी खनाल, प्रमुख प्रशासकीय अधिकृत प्रेमचन्द्र अर्याल, लेखा अधिकृत मञ्जु पन्थी लगायतको सहभागीता रहेको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष जि सिले योग अभ्यासले शरीरका सम्पुर्ण अंगहरु स्वचलित हुनका साथै सामान्य नसा सम्बन्धी रोगहरु पनि निको हुने हुँदा सिक्न आबस्यक रहेको बताउनु भयो।कार्यक्रममा विभिन्न वडाहरू बाट योग सिक्नको लागि सहभागिता रहेको छ ।
योग प्रशिक्षण कार्यक्रममा पाल्पा आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख माधव प्रसाद वस्याल तथा योग प्रयोग प्रशिक्षक कमला थापाले प्रशिक्षण दिने कार्यक्रम तय भएको छ । तालिम पालुङ मैनादी आयुर्वेद औषधालयका डा रोमहर्ष नेपालले सहजिकरण गर्नुभएको छ । कार्यक्रममा सहभागि २० जनालाइ योगको सैदान्तीक ज्ञान तथा योग अभ्यास गराइने कार्यक्रम रहेको छ। ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend