logo
  • आइतबार, असोज ११ २०८३

गौमुखी मावि प्यूठानको ३० औँ वार्षिक उत्सव सम्पन्न


  • साझा नेटवर्क
  • आइतबार, असोज ११ २०८३

जोगिन्द्र मल्ल,प्युठान चैत्र ६ ।

गौमुखी माध्यमिक बिधालय खुङ प्युठानको आयोजनामा ३० औं वार्षिक उत्सब तथा अभिभावक दिबस सम्पन्न भएको छ । बिधालय ब्यबस्थापन समितिका अध्यक्ष तथा वडा न ४ का वडा अध्यक्ष टुक बहादुर के सि को अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथी गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरी रहनु भएको थियो । वि स २०४६ सालमा यस गौमुखी क्षेत्रको ज्ञानको ज्योति छर्ने चम्किलो ताराको रुपमा उदाएको गौमुखी मा बि ले चैत्र ३ गते देखि ५ गते सम्म विविध कार्यक्रम गरि बार्सिक उत्सव तथा अभिभावक दिबस मनाइएको हो । सो दिबसमा गौमुखी मा बि का प्रधानाध्यापक अर्जुन बहादुर के सिले बिधालयको आर्थिक तथा शैक्षिक प्रगती विवरण प्रस्तुत गर्नु भएको थियो भने दिबसमा बोल्दै अध्यक्ष गिरिले आफुले पढेको बिधालयमा आफू प्रमुख अतिथी भएर बोल्न पाउँदा खुशी व्यक्त गर्नु भयो ।त्यसैगरि गाउँपालिकाको तर्फ बाट बालबालिकाको हितको लागि शैक्षिक क्षेत्रमा गुणस्तरीय शिक्षा र प्रभावकारी बनाउन हरपहल सहयोग गर्न तयार रहेको गौमुखी मा बि मा क्याम्पस संचालन गर्नको लागि भौतिक संरचनामा जोड दिने र स्थापना काल देखि अहिलेसम्म शिक्षा क्षेत्रमा योगदान दिने सबैलाई धन्यवाद दिनु भयो । बिधालय संचालन गर्न अक्षयकोष स्थापना गर्ने दाताहरुको ब्याज बाट बिधालयमा अध्ययनरत जेहेन्दार ,लगनशील ,अनुशासन बिद्यार्थीलाई सम्मान तथा बार्सिक परिक्षामा उत्कृष्ट विद्यार्थीहरुलाई पुरुस्कृत गरिएको थियो।भने अल्टा् म्याराथुन धाबक स्वर्गिय सन्जय पण्डित स्मृतिमा छात्र दौड प्रतियोगिता भएको थियो ।सो कार्यक्रममा अभिभावक ,शिक्षक विद्यार्थी ,जनप्रतिनिधिको उपस्थित थियो भने बीचबिचमा मनोरञ्जन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend