logo
  • सोमबार, असोज १२ २०८३

गौमुखीमा मुलुकी देवानी संहिता २०७४ सम्बन्धी ३ दिने अनुशिक्षण कार्यक्रम सुरु


  • साझा नेटवर्क
  • सोमबार, असोज १२ २०८३

जोगिन्द्र मल्ल प्युठान चैत्र ४ ।

गौमुखी गाउँपालिका प्युठानको आयोजनामा मुलुकी देवानी संहिता २०७४ सम्बन्धी३ दिने अनुशिक्षण कार्यक्रम आज बाट संचालन भई रहेको छ।

गौमुखी गाउँपालिका अध्यक्ष बिष्णु कुमार गिरीको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत मन्तव्य न्यायिक समितिका संयोजक तथा उपाध्यक्ष तुलसी सुनारले राख्नु भएको थियो ।भने अनुशिक्षण कार्यक्रमको बारेमा संक्षिप्त जानकारी प्रमुख प्रशासकीय अधिकृत राजिव पन्थीले गराउनु भएको थियो ।

सो कार्यक्रममा मन्तव्य राख्दै अध्यक्ष गिरीले मुलुकी देवानी संहिताको बारेमा जानकारी भए पनि व्याबहारमा लागू नभएकोले कानुनको पालना गर्नु पर्ने,संविधानले प्रष्ट रूपमा कानुन निर्माण गरेकोले स्थानीय तहले खेल्नु पर्ने भुमिका र सहजीकरण गर्नु पर्ने ,मेलमिलाप कर्ताको काम कर्तव्य ,अधिकार र गुनासो पर्ती जनप्रतिनिधि ,न्यायीक समिति र गाउँपालिका प्रतिबद्ध हुनु पर्ने तथा कानुनको डायरामा रहि मेलमिलाप गराउनु पर्ने बताउनु भयो । कार्यक्रममा मेलमिलाप कर्ता, जनप्रतिनिधि सहभागिता रहेको कार्यक्रमको संचालन किरण के सिले गर्नु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend