logo
  • शुक्रबार, असोज ९ २०८३

नेपाल–खनाल समूहले ‘राष्ट्रिय कार्यकर्ता भेला नरोक्ने


  • साझा नेटवर्क
  • शुक्रबार, असोज ९ २०८३

साझा नेटवर्क,काठमाण्डाै चैत २ ।

नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आउँदाे ४ र ५ गतेका लागि तय गरेकाे राष्ट्रिय कार्यकर्ता भेला नराेक्ने निर्णय गरेकाे छ । साेमवार बानेश्वरमा बसेकाे यस समूहकाे केन्द्रीय सदस्य तथा सांसदकाे बैठकले यस्ताे निर्णय लिएकाे हाे ।यस्तै नेपाल–खनाल समूहले ​मङ्गलवार प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीद्वारा आयाेजित चियापान कार्यक्रममा जाने/नजानेबारे कुनै निर्णय लिएको छैन ।​ यस समूहले अहिलेकै अवस्थामा ओलीले निम्ता गरेकाे चियापान र केन्द्रीय कमिटी बैठकमा नजाने अडान राखेकाे छ ।

यसअघि नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल–झलनाथ खनाल समूहबीच भएको वार्ता निष्कर्षविहीन भएको थियाे । पार्टी कार्यालय धुम्बाराहीमा भएको वार्तामा दुवै पक्षले पार्टीलाई एकताबद्ध गर्दै अघि बढाउने प्रतिबद्धता जनाए पनि आ–आफ्ना अडानमा रहेपछि निष्कर्ष ननिस्किएको हो ।

गएको फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एकीकरण भएर बनेको नेपाल कम्युनिस्ट पार्टी नेकपा पूर्ववत् रूपमा नेकपा एमाले  र नेकपा माओवादी केन्द्रको अवस्थामा पुगेको भन्दै त्यसपछिका निर्णयको प्रभाव शून्य हुनुपर्ने अडान नेता नेपाल पक्षले राखेको थियो । त्यस प्रस्तावअनुसार अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चको फैसलापपछि फागुन २८ गते गरेको निर्णय फिर्ता वा खारेज गरेको जानकारी गराउनुपर्ने थियो ।

तर २८ गतेको निर्णय खारेज गर्ने पक्षमा ओली नरहेपछि वार्ता सकारात्मक दिशामा अघि बढ्न नसकेको प्रतिक्रिया नेपाल–खनाल पक्षका नेताले दिएका छन् । श्रोत-उज्यालो

प्रतिक्रिया दिनुहोस
ताजा अपडेट
धेरै पढिएका
सम्बन्धित समाचार

© 2026 All Right Reserved to Sajhanetwork.com  | Site By : SobizTrend