साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं फागुन २८ ।
नेकपा (एमाले) अध्यक्ष केपी ओलीले माओवादी केन्द्रका २२ नेतालाई एमाले केन्द्रीय सदस्य बनाएका छन् । गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’ सहितका २२ नेतालाई ओलीले केन्द्रीय सदस्यमा मनोनित गरेका हुन् ।
शुक्रबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको केन्द्रीय समिति बैठकबाट २२ जनालाई केन्द्रीय समितिमा मनोनित गरिएको हो । एमाले केन्द्रीय सदस्यमा माओवादीका बादल समूहबाट २२ जना केन्द्रीय सदस्य मनोनित भएका हुन् ।
मनोनित नेताको सूची…
रामबहादुर थापा ‘बादल’,
टोपबहादुर रायमाझी,
लेखराज भट्ट,
मणिचन्द्र थापा,
प्रभु शाह,
टंक आङबुहाङ,
पासाङ शेर्पा,
ज्वाला शाह,
टेकबहादुर बलामी,
कमल चौलागाई,
मनोज थापा,
खिमलाल अधिकारी,
लिलाबहादुर थापा,
दधिराम न्यौपाने,
दिनेश पन्थी,
नवीन रोका,
धर्मराज रेग्मी,
डम्बर विष्ट,
गौरीशंकर थारु,
झपट बोहोरा,
दावा लामा,
चन्द्रबहादुर खड्का
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend