साझा नेटवर्क
उर्मिला यादव यात्री फागुन २६ ।
पश्चिम नवलपरासीको सरावल गाउपालिका वडा नम्बर ५ ले बुधबार एक कार्यक्रमका बिच जेष्ठ नागरीकहरुलाई सम्मान गरेको छ ।
सरावल गाउपालिका वडा नम्बर ५ का वडाध्यक्ष दिनेश सहानीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सभा सदस्य दिपेन्द्र कुमार अधिकारीको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथी अधिकारीले जेष्ठ नागरीक हाम्रो समाजको गहना मात्र नभइ हामीलाइ सधै सत्मार्गमा अघि बढन प्रेरणा दिने अभिभावकको रुपमा रहेकोले जेष्ठ नागरीकलाई सधै सम्मान गरी हौसला प्रदान गर्नुपर्नेमा जोड दिनु भएको छ । उहाले जेष्ठ नागरीकका लागी सरकारले थप कार्यक्रम ल्याउने बताउदै जेष्ठ नागरीकका लागी सधै भरी सहयोग रहिरहने बताउनु भएको छ ।
कार्यक्रममा बिशेष अतिथी सरावल गाउपालिका उपप्रमुख उत्तमा राय, सिद्धार्थ माबि गोबरहियाका संस्थापक सुखाडी प्रसाद चौधरी , कृष्ण जिवन तिवारी , सुशान्त शर्मा , संजय मौर्य , तुलसी पासी र शिवम तिवारीले जेष्ठ नागरीकलाई सधै आदर सम्मान गर्नुपर्नेमा जोड दिनु भएको थियो ।
श्रीराम कहारले संचालन गर्नु भएको कार्यक्रममा एक सय २९ जना जेष्ठ नागरीकलाई दोसल्ला ओढाइ सम्मान गर्नुका साथै च्यवनप्रास पनि बितरण गरीएको सिद्धार्थ माबि गोबरहियाका संस्थापक चौधरीले जानकारी दिनु भएको छ ।
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend