साझा नेटवर्क
साझा नेटवर्क,काठमाडौं फागुन २४।
प्रस्तावलाई अस्वीकार गर्दा तेजाब आक्रमणबाट पीडित मुस्कान खातुनलाई आज अमेरिकी सरकारले आज अन्तर्राष्ट्रिय साहसी महिला आईडब्ल्यूओसी अवार्डबाट सम्मानित हुने भएकि छिन् ।

यो पुरस्का र पाउने उनी कान्छीमध्ये एक र नेपालकी पहिलो महिला भएकी नेपालका लागि अमेरिकी राजदूत र्यान्डी बेरीले बताएका छन्। गत शुक्रवार बिहानै सामाजिक सञ्जाल ट्वीटरमार्फत् उनले खातुनलाई सो अवार्ड प्रदान गर्न लागिएको जानकारी दिएका थिए। उक्त अवार्ड मार्च ८ अर्थात एक भर्चुअल कार्यक्रमको आयोजना गरि अन्तर्राष्ट्रिय नारी दिवसको अवसर पारेर प्रदान गर्न लागिएको बताइएको छ।
उनलाई भर्चुअल कार्यक्रममा अमेरिकी प्रथम महिला जील बाइडनले सो अवार्डले सम्मान गर्नेछिन् । उनी सहित यो वर्ष सो सम्मान विश्वभरिबाट छानिएका १४ महिलाले प्राप्त गर्नेछन् । गत बर्ष पाकिस्तानकी महिला अधिकारवादी मलाला युसुफजैलाई पनि यही पुरस्कारबाट सम्मान गरिएको थियो।
नेपालस्थित अमेरिकी दूतावास भन्छ( ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन्। धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लागि परिन्। उनले प्रधानमन्त्री के.पी.ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे। यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्त्वपूर्ण थियो।’
प्रेम प्रस्ताव अस्वीकार गरेको भन्दै पर्सा वीरगञ्जकी मुस्कानमाथि २०७६ साल भदौमा एसिड आक्रमण भएको थियो। रासस
© 2026 All Right Reserved to Sajhanetwork.com | Site By : SobizTrend