अनिल खत्री
फागुन 23 गुल्मी
नेपाल सरकार प्रदेश नं ५ ले सञ्चालन गरेको मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम गुल्मीको मदाने गाउँ पालिका 01 अग्लुङ्ग्मा सन्चालन भएको छ। मुख्यमन्त्री ग्रामीण विकास तथा स्वरोजगार कार्यक्रम घोषणा गरे संगै हरेक स्थानीयतह हरुले आफ्नै मापदण्डमा कार्यक्रम सञ्चालन गर्ने भएका छन |
सोही अनुरुप मदाने गाउँ पालिकाले १ नं. वार्ड अग्लुङ्गमा बाख्रा पालन कार्यक्रम स्ञ्चालन गर्नको लागी लक्षित बर्गलाई समायोजन गर्दै चरणबद्ध रुपमा उल्लेखीत स्थानिय टोलहरुमा दक्ष जनशक्तिद्वारा “बाख्रा पानल तथा खोर ब्यबस्थापन” सम्बन्धि एउटा टोलमा चार दिने आधारशिला तालिम सञ्चालन भैइरहेका छन जसले गर्दा ग्रामीण भेगका जनतामा उत्साह थपेको छ ।
यस कार्यक्रमले समुदायमा गरीबीको समस्याबाट आक्रान्त घरपरिवार, असहाय, नागरिक, एकल महिला, दलित, पिछडिएको समुदाय संगै आर्थिक तथा सामाजिक विकासका दृष्टिकोणले पछिपरेका ग्रामीण क्षेत्रलाई लक्षित गरि अग्लुङ्गका साबिकका निपाने, घडेरी ओख्लेदह र रघुवा फेदिका करिब २१० घरधुररिलाई लाई खोर ब्यबस्थापनको लागि १०,०००/- र दुई वटा बाख्रा खरिदको लागि १२,०००/- दिने घोषणा गरेकोले प्रत्यक्ष लाभ पाउँने स्थानीयहरुले अनुभूति गरेका छन् ।
लक्षित वर्गमा तालिमले क्षमता अभिवृद्धि र स्वरोजगार तथा आयआर्जनका क्रियाकलापमा टेवा दिने लक्ष्य राखिएको स्थानिय ,समाजसेबी दिपक थापाले बताए।